अमेरिकन एयरलाइन्सले अर्को वर्षदेखि उडानमा निःशुल्क वाई–फाई प्रदान गर्ने

Technology Khabar ४ बैशाख २०८२, बिहीबार

काठमाडौं ।

अमेरिकन एयरलाइन्सले अन्ततः उडानहरूमा निःशुल्क वाई–फाई प्रदान गर्ने योजनाको घोषणा गरेको छ। यसको आफ्नो एटी एण्ड टी–प्रायोजित कार्यक्रमले सन् २०२६ को जनवरीमा “प्रति वर्ष २० लाख भन्दा बढी अमेरिकी उडानहरूमा” निःशुल्क, उच्च–गतिको वाई–फाई प्रदान गर्न सुरु गर्नेछ भनि कम्पनीले बताएको छ।

निःशुल्क वाई–फाई पहुँच गर्नको लागि तपाईं अमेरिकन एयरलाइन्सको एएडभान्टेज लोयल्टी कार्यक्रमको सदस्य हुनुपर्नेछ, र एकपटक तपाईंले साइन अप गरिसकेपछि, तपाईंले इन्टरनेट पहुँच गर्न लग इन गर्नुपर्नेछ।

“भायासाट र इन्टेलस्याट हाई–स्पीड स्याटेलाइट कनेक्टिभिटी” भएका विमानहरूमा वाई–फाई प्रदान गरिनेछ, जसमा एयरलाइनको फ्लीट (समूह) को ९० प्रतिशत समावेश रहेको अमेरिकन एयरलाइन्सले बताएको छ। “अमेरिकन एयरलाइन्स सन् २०२५ को अन्त्यसम्ममा उच्च–गतिको वाई–फाई भएको ५०० भन्दा बढी क्षेत्रीय विमानहरू बनाउने गतिमा पनि छ” कम्पनीले थप उल्लेख गर्यो।

अमेरिकामा आधारित लगभग हरेक प्रमुख एयरलाइन्सले कुनै न कुनै प्रकारको निःशुल्क वाई–फाई कार्यक्रम प्रदान गर्दछन्, र तिनीहरू सबै स्याटेलाइट कनेक्टिभिटीको कारणले त्यसो गर्न सक्षम छन्।

युनाइटेडले यस वर्षको सुरुमा वाई–फाईको लागि स्टारलिङ्क प्रयोग गर्न थालेको बताइएको छ भने हवाईयन एयरलाइन्स र डेल्टा दुवैले सन् २०२२ मा स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवाको परीक्षण गरेको उल्लेख छ। डेल्टाले अन्ततः सन् २०२३ मा आफ्नो टी–मोबाइल–प्रायोजित वाई–फाई कार्यक्रमको लागि भायास्याट चयन गरेको बताइएको छ जसमा अमेरिकन एयरलाइन्सको जस्तै लोयल्टी कार्यक्रम आवश्यकता पर्ने इनग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: ४ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया