रेनोको एक्सचेन्ज क्याम्प शुरु, क्विड, डस्टर र क्याप्चर मोडलमा एक्सचेन्ज उपलब्ध

  • Technology Khabar | २० मंसिर २०७५, बिहीबार
रेनोको एक्सचेन्ज क्याम्प शुरु, क्विड, डस्टर र क्याप्चर मोडलमा एक्सचेन्ज उपलब्ध

काठमाडौं ।

काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबाईल प्रालिले रेनो कार प्रेमीहरुका लागि यहि मंसिर २० गतेदेखि पुस ६ गतेसम्म नेपालभर रेनो एक्सचेन्ज क्याम्प शुरु गरेको छ ।

‘‘पुरानो छोडौँ, नयाँ गुडाऔँ ’’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर यो आयोजना गरिएको कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।

रेनोको क्विड, डस्टर र क्याप्चर मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, निशुल्क एसोसोरिज, एक वर्षभरीका लागि सडक कर फ्री, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउने कम्पनीले जानकारी दिएको छ।

रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० मंसिर २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...