नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका खारेज

  • Technology Khabar | १ बैशाख २०८२, सोमबार
नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका खारेज

काठमाडौं ।

नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशिका खारेज गरेको हो।

सरकारले २०७८ वैशाख २० गते विभिन्न सेवाहरु एउटै डिजिटल माध्यमबाट प्रवाह गर्ने उद्देश्यले नागरिक एप सञ्चालनमा ल्याएको थियो। २०७७ माघ २ गते मेटाभर्जनबाट सुरु भएको उक्त एपलाई वैशाखदेखि पूर्णरुपमा सञ्चालनमा ल्याइएको थियो।

जसअन्तर्गत नागरिकता, पासपोर्ट, भिसा कार्ड, प्यान कार्ड, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, उच्च माध्यामिक विद्यालयको सर्टिफिकेट, हेलो सरकार, प्रहरी रिपोर्ट लगायत एक दर्जन बढी सेवाहरु एउटै मोबाइल एपमा समावेश छन्।

उक्त एपलाई सञ्चालन तथा व्यवस्थापन गर्न २०७८ असार ७ गतेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको थियो।

प्रकाशित: १ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...