Technology Khabar २ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को एक रिपोर्टले मुख्यतया एआईको डाटा प्रोसेसिङले सन् २०३० सम्ममा अमेरिकामा मात्र स्टील, सिमेन्ट, रसायन र अन्य सबै इनर्जी–इन्टेन्सिभ गुड्सहरूको उत्पादन भन्दा बढी बिजुली खपत गर्ने बताएको छ।
सन् २०३० सम्ममा डाटा सेन्टरहरूबाट बिजुलीको विश्वव्यापी माग दोब्बर हुने रिपोर्टले बताएको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले उल्लेख गरेको छ।
आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) यो वृद्धिको मुख्य कारण हुने बताइएको छ भने समर्पित एआई डाटा सेन्टरहरूबाट मात्र बिजुलीको माग चार गुणा बढी हुने अनुमान गरिएको छ।
आजको दिनमा एउटा डाटा सेन्टरले १,००,००० घरहरू जत्तिकै बिजुली खपत गर्दछ भने निर्माणाधीन केही घरहरूलाई त्यसको २० गुणा बढी बिजुली आवश्यक पर्ने उल्लेख गरिएको छ।
जलवायु संकट समाधान गर्ने हाम्रो आशालाई एआईको द्रुत प्रयोगले बर्बाद गर्नेछ भन्ने डर “पैदा” भएको बिहीबार प्रकाशित रिपोर्टले उल्लेख गरेको छ।
आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले भनेः “एआईको उदयसँगै, ऊर्जा क्षेत्र हाम्रो समयको सबैभन्दा महत्त्वपूर्ण प्राविधिक क्रान्तिहरू मध्ये अग्रपंक्तिमा छ। एआई एउटा उपकरण हो, सम्भावित रूपमा एक अविश्वसनीय रूपमा शक्तिशाली उपकरण हो, तर हामी यसलाई कसरी प्रयोग गर्छौं भन्ने कुरा चाँही यो हाम्रा समाजहरू, सरकारहरू र कम्पनीहरूमा निर्भर छ।”
प्रकाशित: २ बैशाख २०८२, मंगलवार