यो हो विश्वको सबैभन्दा सस्तो एलसिडी टिभी ‘डीटेल डी वान’, १९ इन्चको एलसिडी एचडी स्क्रीन

Technology Khabar १४ मंसिर २०७५, शुक्रबार

काठमाडौं ।

काठमाडौं । भारतको कम्पनी डीटेल सस्तो स्मार्टफोन लन्च गर्ने कम्पनीको रुपमा परिचित छ । कम्पनीले सस्टो फोन, स्मार्टफोन र एसेसरिजहरु लन्च गरिरहेपछि कम्पनीले अब सस्तो टिभी लन्च गरेको छ । कम्पनीले विश्वको सबैभन्दा सस्तो एलसिडी टिभी लन्च गरेको छ ।

डीटेलले डी वान (Detel D1) नामक टिभी भारतमा लन्च गरेको छ, जसमा १९ इन्चको एचडी स्क्रीन राखिएको छ । यो सस्तो टिभीलाई कम्पनीको वेबसाइट वा मोबाइल एपबाट खरिद गर्न सकिनेछ । यस बाहेक कम्पनीको अनुसार डिस्ट्रिब्यूटर्स तथा पार्टनर्स बिटूबीअड्डा(B2BAdda) बाट खरिद गर्न सकिन्छ ।

डीटेलको डि वान टिभीमा एचडीएमआई र यूएसबी पोर्ट राखिएको छ । यसका साथै कस्टमर्सहरुले एक सालको वारेन्टी दिईनेछ । टिभी स्क्रीन रिजोल्यूशन १३६६X७६८ छ भने कन्ट्रास्ट रेसियो ३,००,०००ः१ छ ।

डीटेल टिभीमा इनबिल्ट गेमिंग पनि राखिएको छ र कम्प्यूटरबाट पनि कनेक्ट गर्न सकिनेछ । कम्पनीकाअनुसार यसमा पावर अडियो कन्ट्रोल दिईएको छ र साउण्ड आउटपुट ८X२डब्लू छ । यूएसबी पोर्टबाट पेन ड्राइभ कनेक्ट गरेर फिल्म हेर्न सकिन्छ । किनकी यसमा मल्टिमिडिया सपोर्ट पनि दिईएको छ ।

भारतमा कम्पनीले हरेक घरमा टिभी पुर्याउने रणनीतिअन्तरगत काम गरिरहेको डीटेलका एमडी योगेशन भाटियाले बताएका छन् ।

भारतीय बजारमा यो एलसिडी टिभी भारु ३,९९९ अर्थात ६ हजार ३९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित: १४ मंसिर २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया