सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

  • Technology Khabar | २२ चैत्र २०८१, शुक्रबार
सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

सामाजिक सञ्जालको दुरुपयोग गर्ने एक जनालाई प्रहरीले पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा सिरहा जिल्लाको धनगढी न.पा. वडा नं. ०७ गोलबजार स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नं. ०९ सिनामंगल डेरा गरी बस्ने वर्ष २७ को राम बिहारी साफी रहेका नेपाल प्रहरीका साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपकराज अवस्थीले जानकारी दिए।

प्रहरीका अनुसार प्रेम सम्बन्धमा रहँदाका अन्तरङ्गसँग सम्बन्धित तस्बिर/भिडियो सम्बन्ध बिग्रिए पश्चात सामाजिक सञ्जालमा पोष्ट गरिदिने, पीडितका आफन्तलाई पठाइदिने भनी धम्काउने, दुट्खठ हैरानी दिनेको विरुद्धमा कानून बमोजिम कारबाही गरी पाँउ भन्ने निवेदन ब्यूरोमा प्राप्त भएको थियो।

सो सम्बन्धमा प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा साफी दोषी रहेको खुल्न आएकाले उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई पक्राउ पुर्जी प्राप्त गरी ब्यूरोबाट खटिएको टोलीले मिति गत चैत २० गते काठमाडौंबाट पक्राऊ गरी ४ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रकाशित: २२ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...