निन्टेण्डो स्विच २ आगामी जुनमा सार्वजनिक गरिने

  • Technology Khabar | २२ चैत्र २०८१, शुक्रबार
निन्टेण्डो स्विच २ आगामी जुनमा सार्वजनिक गरिने

काठमाडौं ।

निन्टेण्डोले आफ्नो नयाँ स्विच -२ गेमिङ डिभाइस जुन ५ मा सार्वजनिक गर्ने घोषणा गरेको छ। लामो समयदेखि प्रतीक्षित यस उपकरणको मूल्य ४४९.९९ डलर निर्धारण गरिएको छ।

क्योटोमा आधारित कम्पनीले जनवरीमा प्रारम्भिक जानकारी खुलाएपछि बुधबार स्विच -२ सम्बन्धी थप विवरणहरू सार्वजनिक गरेको हो। विश्लेषकहरूका अनुसार, नयाँ उपकरणमा सुधारिएको हार्डवेयर भए तापनि यसको डिजाइन र कार्यक्षमता पुरानो संस्करणसँग मिल्दोजुल्दो रहनेछ, जसले सहज रूपमा प्रयोगकर्ताहरूलाई नयाँ मोडेलमा स्थानान्तरण गर्न मद्दत गर्नेछ।

स्विच -२ मा ठूलो स्क्रिन, माउस कन्ट्रोल, र कन्ट्रोलरमा छुट्टै बटनबाट सञ्चालन गर्न सकिने च्याट फिचर समावेश गरिएको रोयटर्सले उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिकामा यसको मूल्य ४४९.९९ डलर हुनेछ भने जापानी भाषामा मात्र उपलब्ध संस्करणको मूल्य ४९९८० येन ३३४ डलर) तथा बहुभाषिक संस्करणको मूल्य ६९९८० येन निर्धारण गरिएको छ।

“यसको मूल्य आमरूपमा अपेक्षा गरिएको भन्दा केही उच्च छ,” कान्टन गेम्सका संस्थापक सेर्कान टोटोले टिप्पणी गरे।

उनका अनुसार, निन्टेण्डोले हालको मुद्रास्फीति तथा सोनीको प्लेस्टेशन प्रो ले गत वर्ष तोकेको ६९९.९९ डलर मूल्यलाई ध्यानमा राखेर मूल्य निर्धारण गरेको हुनसक्छ। स्विचले हालसम्म १५० मिलियनभन्दा बढी युनिट बिक्री गरिसकेको छ, जसमा हार्डवेयर अपग्रेड र “सुपर मारियो” तथा “द लेजण्ड अफ जेल्दा ” जस्ता लोकप्रिय गेमहरू यसको जीवनचक्र लम्ब्याउन सहायक भएका छन्।

“नयाँ उपकरण अपेक्षा गरिएको भन्दा अझ प्रिमियम, महत्वाकांक्षी प्लेटफर्म हो, जसले फराकिलो सफ्टवेयर र इकोसिस्टम प्रस्ताव गर्छ,” जेफ्रीजका विश्लेषक अतुल गोयलले बताएका छन्।

घोषित गेमहरूमा “मारियो कार्ट वर्ल्ड”, स्विच को “जेल्दा” गेमहरूका प्रदर्शन सुधारिएका संस्करणहरू, र निन्टेण्डो अनलाइन सदस्यताका लागि गेम क्युब क्लासिक शीर्षकहरू समावेश छन्।

स्विच ले २०१७ मार्चमा २९९.९९ डलरको मूल्यमा बजार प्रवेश गरेको थियो, जसले कमजोर प्रदर्शन गरेको डब्लूआईआई यू पछि निन्टेण्डोको भाग्य बदल्न सहयोग गरेको थियो।

रोयटर्सका अनुसार लगानीकर्ताहरूको ध्यान हार्डवेयर आपूर्तिको स्थायित्वमा केन्द्रित छ, किनभने अघिल्लो स्विच मोडेल आपूर्ति शृङ्खला समस्याबाट प्रभावित भएको थियो।

“कम्पनीको बैलेन्स सिटमा देखिएको अधूरो उत्पादन अवस्थालाई हेर्दा, निन्टेण्डो ले पहिलो वर्षमा १० मिलियनभन्दा बढी युनिट आपूर्ति गर्ने लक्ष्य राखेको हुनसक्छ,” गोल्डम्यान साक्सकी विश्लेषक मिनामी मुनाकाताले घोषणाअघि नोटमा उल्लेख गरेकी थिइन्।

स्विच -२ को सार्वजनिकरणको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयात गरिने सामानहरूमा ट्यारिफ लागू गर्ने घोषणा गरिसकेका छन्।

प्रकाशित: २२ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...