Technology Khabar २० चैत्र २०८१, बुधबार
काठमाडौं ।
एप्पलले पहिलो पटक ईयूलगायत नयाँ क्षेत्रहरूमा एआई फिचरहरू विस्तार गरेको छ। एप्पलले आईओएस १८.४, आईप्याड १८.४, र म्याकओएस सिक्वेया १५.४ को उपलब्धता घोषणा गरेको छ।
नयाँ अपडेटमार्फत एप्पल इन्टेलिजेन्स सुविधाहरू फ्रान्सेली, जर्मन, इटालियन, पोर्चुगिज (ब्राजिल), स्पेनिश, जापानी, कोरियाली, र चिनियाँ (सरलीकृत) का साथै सिंगापुर र भारतको लागि स्थानीयकृत अंग्रेजी लगायत धेरै नयाँ भाषाहरूमा समावेश छन् । यो अब विश्वभरका लगभग सबै क्षेत्रहरूमा पहुँचयोग्य छ।
थप रूपमा, एप्पल इन्टेलिजेन्स सुविधाहरूको प्रारम्भिक सेट अब एप्पल भिजन प्रोमा अमेरिकी अंग्रेजीमा समेत उपलब्ध छ।
एप्पल इन्टेलिजेन्स फिचर आईफोन १५ प्रो, १५ प्रो म्याक्स र आईफोन १६ सिरिजका स्मार्टफोनहरूका साथै एम १ र पछिल्ला आईप्याड/म्याकहरूका लागि उपलब्ध छन्।
त्यसैगरी एप्पलले आईओएस र आईप्याडओएस १६.७.११ र आईओएस र आईप्याडओएस १५.८.४ लाई आईओएस १८ चलाउन नसक्ने पुराना डिभाइसहरूको लागि जारी गरेको छ।
आईओएस १८.४ को साथ, प्रयोगकर्ताहरूले अब प्रायोरिटि नोटिफिकेसन पनि प्राप्त गर्नेछन् जसले द्रुत ध्यान आवश्यक पर्ने महत्त्वपूर्ण अलर्टहरूलाई नोटिफिकेसन स्ट्याकको शीर्षमा अलग गर्दछ।
ईमेज प्लेग्राउन्डले अब कन्टेन्ट जेनेरेसन (सामग्री उत्पादन) को लागि नयाँ स्केच शैली सुविधा प्रदान गर्दछ। त्यसैगरी भिजुअल इन्टेलिजेन्स अब आईफोन १५ प्रो र प्रो म्याक्समा पनि उपलब्ध छन्।
आईओएस १८.४ सँगसँगै, एप्पलले अब आईप्याडओएस १८.४, म्याकओएस १५.४, वाचओएस ११.४ र भिजनओएस २.४ पनि समावेश गर्दैछ।
एप्पल भिजन प्रोले भर्खरै जारी गरिएको भिजनओएस २.४ अपडेटको साथ एप्पल इन्टेलिजेन्स सुविधाहरूको प्रारम्भिक सेट पनि प्राप्त गर्दैछ। यसमा राइटिङ टुल्स, ईमेज प्लेग्राउन्ड, जेनमोजी, स्मार्ट रिप्लाइ समावेश छन् र अहिलेको लागि विशेष रूपमा अमेरिकी अंग्रेजीमा मात्र उपलब्ध हुनेछन्।
यस बाहेक एप्पलले एक समर्पित एप्पल भिजन प्रो आईओएस एप पनि थपेको छ जसबाट भिजन प्रो मालिकहरूले उपयोगी टिप्स (सुझावहरू), नयाँ स्पासियल कन्टेन्ट (सामग्री)का साथै एपहरू र कन्टेन्ट डाउनलोड गर्न सक्ने छन्।
वाचओएस ११.४ ले नयाँ “ब्रेक थ्रु साइलेन्ट मोड” विकल्प ल्याएको छ। यसले डिभाइस साइलेन्ट मोडमा सेट गर्दा ध्वनि र ह्याप्टिक्सलाई काम गर्न अनुमति दिनेछ। एप्पलले म्याटर सपोर्ट पनि थपेको छ जसले वाच(घडी) प्रयोगकर्ताहरूलाई रोबोट भ्याकुम जस्ता म्याटर स्मार्ट होम डिभाइसहरू नियन्त्रण गर्न अनुमति दिनेछ। अपडेटले बग समाधान र स्थिरता वृद्धिहरू पनि ल्याएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २० चैत्र २०८१, बुधबार