बर्दिबासमा माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति बिस्तार गर्दै एमएडब्लू वृद्धि

  • Technology Khabar | १९ चैत्र २०८१, मंगलवार
बर्दिबासमा माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति बिस्तार गर्दै एमएडब्लू वृद्धि

काठमाडौं ।

कमर्सियल भेहिकल्स कम्पनी फोटोन मोटरले फोटोन माउन्टेन ईभीको आधिकारिक सुरुवात गरेको छ। यो इलेक्ट्रिक पिकअप नेपालको विविधतायुक्त र चुनौतीपूर्ण भूभागका लागि विशेष रूपमा इन्जिनियर गरिएको दाबी छ।

कम्पनीकाअनुसार, यस आकर्षक मोडेलले फोटोनको इन्नोभेसन, दिगोपन र नेपालको सडक र भौगोलिक अवस्थाका लागि आवश्यक पर्ने हाई(पर्फर्मेन्स सोलुसन्स प्रदान गर्दछ।

सुरक्षा, दक्षता र कार्यसम्पादनको उच्चतम विश्वव्यापी मापदण्डहरू पालना गर्ने अत्याधुनिक ईभीहरू लन्च गरेर स्वच्छ ऊर्जा समाधानहरूको प्रयोगमा नेपाललाई सघाउन फोटोन प्रतिबद्ध रहेको जनाएको छ।

लन्च कार्यक्रममा बोल्दै, फोटोन मोटरका सीईओ तुषार गुप्ताले दिगो इनोभेसन प्रति कम्पनीको रणनीतिक दृष्टिकोण र समर्पणमा जोड दिए।

उनले भने, “विकसित हुँदै गरेको नेपालको यातायात क्षेत्रलाई कार्यसम्पादन, दिगोपन र विश्वसनीयतालाई एकीकृत गर्ने सोलुसन्सको आवश्यकता पर्दछ।फोटोन माउन्टेनमा ईभी इन्जिनियरिङ उत्कृष्टता र वातावरणीय जिम्मेवारी प्रतिको हाम्रो प्रतिबद्धता जोडिएको छ। नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न विशेष रूपमा डिजाइन गरिएको यो मोडेलले कुशल, टिकाउ र पर्यावरणमैत्री यातायात समाधान प्रदान गरेर पिकअप सेगमेन्टमा नयाँ रिभोलुशन स्थापित गर्दछ।”

फोटोन माउन्टेन ईभीले नेपालको पिकअप ट्रक बजारमा ठूलो परिवर्तन ल्याउने तयारी गरेको छ। यो गाडी व्यवसाय, फ्लीट अपरेटर र भविष्यमुखि मोबिलिटी सोलुसन्स खोज्ने प्रयोगकर्ताहरूको लागि भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा गरिएको उल्लेख छ।

प्रकाशित: १९ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार