Technology Khabar १९ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
बाईदूको ‘अपोलो गो’ले दुबईको रोड्स एण्ड ट्रान्सपोर्ट अथोरिटी (आरटीए) सँग मिलेर दुबईका शहरमा अटोनोमस राइड–हेलिङ सर्भिसेस (स्वायत्त सवारी–सेवा) सेवाहरू सुरु गर्न एक साझेदारी सम्झौतामा हस्ताक्षर गरेको छ।
चीन र हङकङ बाहिर कम्पनीको दुबई पहिलो अन्तर्राष्ट्रिय बजार बन्ने भएकोले यो ‘अपोलो गो’ को विश्वव्यापी विस्तारमा एक महत्वपूर्ण कदम हुनेछ। यो साझेदारी दुबईको स्मार्ट गतिशीलतालाई अगाडि बढाउने र यसको यातायात नेटवर्कमा स्वायत्त प्रविधिलाई एकीकृत गर्ने दृष्टिकोणसँग मिल्दोजुल्दो भएको उल्लेख छ।
सन् २०२५ सम्ममा एक सय अपोलो गो रोबोट्याक्सी हुने
परियोजनाको प्रारम्भिक चरणमा सन् २०२५ को अन्त्यसम्ममा दुबईमा १०० वटा अपोलो गो आरटी ६ रोबोट्याक्सीहरु तैनाथ गरिनेछ। हाई–रिलाएबिलिटी सिस्टम (उच्च–विश्वसनीयता प्रणाली) र सहज प्रयोगकर्ता अनुभवले सुसज्जित यी अटोनोमस भेहिकल्स (स्वायत्त सवारी साधनहरू) सुरक्षित र कुशल चालकविहीन गतिशीलताको लागि डिजाइन गरिएको बताईएको छ।
सन् २०२८ सम्ममा, फ्लीटमा कम्तिमा १,००० सवारी साधनहरूमा विस्तार गरिने उल्लेख छ जसले सन् २०३० सम्ममा दुबईको २५ प्रतिशत यातायात स्वायत्त बनाउने लक्ष्यलाई समर्थन गर्दछ।
अपोलो गोको अटोनोमस (स्वायत्त) ड्राइभिङमा प्रमाणित ट्र्याक रेकर्ड रहेको छ जसले १५ करोड किलोमिटरभन्दा बढी सुरक्षित ड्राइभिङ पूरा गरेको र १ करोडभन्दा बढी राइड (सवारी) प्रदान गरेको छ। आरटी६ रोबोट्याक्सीहरू एडभान्स्ड सेफ्टि फिचर्स (उन्नत सुरक्षा सुविधाहरू)सहित डिजाइन गरिएका छन्, जसले आरामदायी र भरपर्दो सवारी सुनिश्चित गर्दछ।
चीनको वुहान जस्ता शहरहरूमा ठूला स्तरका सञ्चालनहरूको अनुभवको साथ, अपोलो गो दुबई जस्तो शहरी वातावरणको जटिलताहरू व्यवस्थापन गर्न राम्रोसँग तयार रहेको उल्लेख छ। कम्पनीले स्थानीय नियमहरू र सडक अवस्थाहरूमा प्रविधिलाई अनुकूलन गर्न दुबई अधिकारीहरूसँग नजिकबाट सहकार्य गर्ने बताएको छ।
दुबई अटोनोमस भेहिकल्स (स्वायत्त सवारी साधन) पहलहरूलाई समर्थन गर्ने क्रममा अग्रपंक्तिमा रहेको छ, जसले गर्दा अपोलो गोको अन्तर्राष्ट्रिय विस्तारको लागि यो देश एक आदर्श स्थान बनेको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: १९ चैत्र २०८१, मंगलवार