
काठमाडौं ।
चिनियाँ विद्युतीय सवारी साधन निर्माता एक्सपेङ्ग (XPENG) द्वारा विकसित उडान कार “ल्याण्ड एयरक्राफ्ट क्यारियर” ले गत बिहीबार मध्य चीनको हुनान प्रान्तको चाङदे शहरमा सार्वजनिक परीक्षण उडान पूरा गर्यो।
उडान कारको एयर मोड्युलले ट्रान्स-लेक उडान प्रदर्शन गर्यो। ४० मिटरको उचाइमा उडान गर्दै, यो चाङदेको रमणीय स्थल लिउये तालमाथि परिक्रमा गरेपछि सुरक्षित रूपमा मूल स्थानमा अवतरण गरेको समाचर एजेन्सी सिन्ह्वाले रिपोर्ट गरेको छ।
“यो उडान कारलाई दर्शनीय स्थल र उद्धार दुवै उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ,” एक्सपेङ्गको उडान कार सम्बद्ध हुइटियनका संस्थापक झाओ डेलीले भने।
यो उडान कारमा ग्राउन्ड मोड्युल र एयर मोड्युल हुन्छ। ग्राउन्ड मोड्युल एक इलेक्ट्रिक वाहन हो जबकि एयर मोड्युललाई इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ (ईभीटोल-eVTOL) भनिन्छ।
गत वर्ष, सांघाईको लुजियाजुईमा यसको परीक्षण उडान गरिएको थियो। उत्पादनले लगभग ५,००० अर्डरहरू प्राप्त गरेको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: १७ चैत्र २०८१, आईतवार