अटो टेक

फागुन महिनासम्ममा नेपालमा भित्रियो १६ अर्ब ६४ करोडमाथिको चार पाङ्रे विद्युतीय सवारी

फागुन महिनासम्ममा नेपालमा भित्रियो १६ अर्ब ६४ करोडमाथिको चार पाङ्रे विद्युतीय सवारी
सांकेतिक फाइल तस्बिर
Global IME Bank

फागुन महिनासम्ममा नेपालमा १६ अर्ब ६४ करोड रुपैयाँ हाराहारीको ७ हजार ८० थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८१/८२ को आठौं महिना फागुनसम्म नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य १६ अर्ब ६४ करोड ३२ लाख ८७ हजार रुपैयाँ रहेको छ।

अघिल्लो महिना माघसम्म १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपैयाँ बराबरको ६ हजार २५६ चारपाङ्ग्रे विद्युती सवारी साधन आयात भएका थिए। यसरी हेर्दा माघबाट फागुनसम्मको १ महिनामा १ अर्ब ८९ करोड २८ लाख ९० हजार बराबरको ८२४ चारपाङ्ग्रे सवारी भित्रिएको देखिन्छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका गरी विश्वका ६ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म १४३६ २, ६६, ५०, ९९, ०००
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म १०९४ १, ८८, ७३, ६२, ०००
कार, जीप र भ्यान इण्डोनेसिया ५० किलोवाटसम्म १ १८, ७७, ०००

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म ३१९७ ८, २५, १८, ७७, ०००
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म ६८१ १, ४३, ५७, ६८, ०००
कार, जीप र भ्यान दक्षिण कोरिया ५१ देखि १०० किलोवाटसम्म १ ४५, ८९, ०००

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ६२४ २, ०९, २९, ९२, ०००
कार, जीप र भ्यान सं. रा. अमेरिका १०१ देखि २०० किलोवाटसम्म ४ १६, ६०, ८, ०००
कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म २४ १६, ४१, ०१, ०००
कार, जीप र भ्यान दक्षिण कोरिया १०१ देखि २०० किलोवाटसम्म २  १, ५७, ८८, ०००

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म १० ६, ७८, ५६, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी २०१ देखि ३०० किलोवाटसम्म ३ २, ६२, ५५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका २०१ देखि ३०० किलोवाटसम्म १       ४७,९१,०००

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन  ३०० किलोवाटदेखि माथि २ ८३, २३, ०००
Sajilo Visa
easy care