एप्पल इन्टेलिजेन्स ढिलाई गरेकोमा कम्पनी विरुद्ध मुद्दा दायर

Technology Khabar ८ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

एप्पल विरुद्ध एप्पल इन्टेलिजेन्स विशेषताहरू ढिलाइ भएको भन्दै अमेरिकी संघीय अदालतमा मुद्दा दायर गरिएको छ।

बुधबार सान होजेस्थित अमेरिकी जिल्ला अदालतमा दायर गरिएको यो मुद्दाले ‘क्लास-एक्शन’ रूपमा मान्यता र क्षतिपूर्ति माग गरेको छ। मुद्दाकर्ताहरूले एप्पल इन्टेलिजेन्स सक्षम आइफोन र अन्य उपकरणहरू किन्ने प्रयोगकर्ताहरूले आफूलाई वाचा गरिएका सुविधाहरू नपाएको दावी गरेका टेकक्रञ्चले उल्लेख गरेको छ।

“एप्पलका विज्ञापनहरूले उपभोक्ताहरूमा यी रुपान्तरणकारी सुविधाहरू आइफोनको रिलिजसँगै उपलब्ध हुने भन्ने स्पष्ट र उचित अपेक्षा जगायो,” मुद्दामा उल्लेख छ, “एप्पलले दावी गरेको उन्नत एआई क्षमताहरूको विपरीत, प्रस्तुत गरिएका उत्पादनहरूमा एप्पल इन्टेलिजेन्सको संस्करण निकै सीमित वा पूर्ण रूपमा अनुपस्थित थियो, जसले उपभोक्ताहरूलाई यसको वास्तविक उपयोगिता र प्रदर्शनबारे भ्रमित बनायो।”

एप्पललाई बजारमा अत्यधिक प्रतिक्षित एप्पल इन्टेलिजेन्स ल्याउन संघर्ष भइरहेको बेला यो मुद्दा थप टाउको दुखाइ बनेको छ। ब्लूमबर्गका अनुसार बिहीबार एप्पलका सीईओ टिम कुकले एप्पलको एआई प्रमुख जोन जियानान्ड्रियाले उत्पादन विकासमा देखाएको प्रदर्शनमा विश्वास गुमाएका छन्।

प्रकाशित: ८ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया