Technology Khabar ८ चैत्र २०८१, शुक्रबार
काठमाडौं ।
एप्पलले आईफोन १७ एयरलाई आफ्नो पहिलो पोर्ट–लेस डिभाइस बनाउने विचार गरेको हालै मात्र ब्लूमबर्गका मार्क गर्मनले उल्लेख गरेका थिए। सन् २०१९ देखि वायरलेस–वन्ली आईफोनको बारेमा सुन्दै आएको हुनाले यस्ता रिपोर्टहरू कुनै नयाँ कुरा नभएको बताइएको छ। पोर्ट–लेस फोन ईयू नियमहरू विरुद्ध हुने डरका कारणले एप्पलले हालको लागि यूएसबी–सी पोर्ट राख्ने निर्णय गरेको बताइएको छ।
युरोपेली आयोगका प्रेस अधिकारी फेडेरिका मिकोलीले वायरलेस चार्जिङलाई मात्र समर्थन गर्ने डिभाइस नियमहरू भित्र पूर्ण रूपमा छ भन्दै ‘हो। किनकि, यस्ता रेडियो डिभाइसहरू वायर्ड चार्जिङ मार्फत रिचार्ज गर्न सकिँदैन, यसलाई हार्मोनाइज्ड (वायर्ड) चार्जिङ सलुसन समावेश गर्न आवश्यक छैन’ ९टु५म्याकलाई पुष्टि गरे।
यूएसबी–सी केवल वायर्ड चार्जिङलाई समर्थन गर्ने पोर्टेबल ब्याट्री–पावर्ड डिभाइसहरूमा मात्र अनिवार्य रहेको बताइएको छ जसले विभिन्न इनकम्प्याटिबल वायर्ड चार्जिङ मापदण्डहरूलाई नष्ट गर्ने लक्ष्य लिएको उल्लेख छ। यदि वायरलेस डिभाइस चार्ज गर्ने एक मात्र तरिका हो भने कुनै यूएसबी–सी आवश्यक नपर्ने उल्लेख गरिएको छ।
आन्तरिक बजारको भविष्यमा हुने खण्डीकरण र उपभोक्ता र वातावरणमा पर्ने कुनै पनि नकारात्मक प्रभावबाट बच्न आयोगले वायरलेस चार्जिङको सामञ्जस्यतालाई प्रवर्द्धन गर्नेछ।
आयोगले सबै प्रकारका वायरलेस चार्जिङ प्रविधिहरू (इनडक्टिभ मात्र होइन), विशेष गरी बजार विकास, बजार प्रवेश, बजार खण्डीकरण, प्राविधिक कार्यसम्पादन, अन्तरसञ्चालनशीलता, ऊर्जा दक्षता र चार्जिङ कार्यसम्पादनको विकासको निगरानी गर्नेछ।
आईफोन १७ एयरमा यूएसबी–सी पोर्ट हुने भएको छ भने १८ एयरको लागि भने आउने समयले बताउने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ चैत्र २०८१, शुक्रबार