
काठमाडौं ।
काठमाडौँ । भारतको सबैभन्द ठूलो अनलाइन रिटेलर कम्पनी फ्लिपकार्टका ग्रुप सिईओ बिन्नी बंसलले आफ्नो पदबाट राजीनामा दिएका छन् । बंसलले कम्पनीमा गलत व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार राजीनामा दिएका हुन् ।
फ्लिपकार्टले आधिकारिक विज्ञप्तिमार्फत उनको राजीनामा बारे जानकारी दिएको थियो । कम्पनीको प्रमुख लगानीकर्ता वालमार्टले बंसलले सो आरोपबारे अस्विकार गरेर खण्डन गरेको उल्लेख गरेको छ ।
कम्पनीको अनुसन्धानमा बिन्नीको विरुद्धको आरोपहरु बारे हेरिरहेको बेलामा उनले विभिन्न निर्णयहरुमा कमजोरी गरेको भेटिएको छ ।
‘विशेषगरि पारदर्शिताको क्षेत्रमा, कसरी बिन्नीले अवस्थाहरुलाई सम्हाल्छन्, यसै कारणले हामीले उनको राजीनामा दिने निर्णयलाई स्विकार गरेका छौं,’ कम्पनीले भन्यो ।
बिन्नीको स्थानमा फ्लिपकार्ट ई कमर्शको अपरेशन लाई नेतृत्व दिईरहेका कल्याण कृणमुर्तिले अब उनको स्थानमा आएर सिईओको रुपमा कार्य गर्नेछन् ।
अमेरिकी कम्पनी वालमार्टले यहि वर्ष १६ विलियन अमेरिकी डलरमा भारतीय ईकमर्श कम्पनीको करिब ७७ प्रतिशत शेयर लिएर रकम भुक्तानी गरेको थियो । फ्लिपकार्ट भारतमा अर्को ईकमर्श साइट अमेजनको प्रमुख प्रतिस्पर्धी कम्पनी हो ।
प्रकाशित: २७ कार्तिक २०७५, मंगलवार