मोबाइल बैंकिङ चलाउँदा प्रयोग हुने भीपीएनमा कडाई, आधिकारिक नभए एपमा ‘लग इन’ नहुने

  • Technology Khabar | २१ फाल्गुन २०८१, बुधबार
मोबाइल बैंकिङ चलाउँदा प्रयोग हुने भीपीएनमा कडाई, आधिकारिक नभए एपमा ‘लग इन’ नहुने

काठमाडौं ।

मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रणाली सञ्चालन वा कारोबार गर्दा प्रयोग गरेको भीपीएन आधिकारिक नभएको खण्डमा एपमा लग इन गर्न नसकिने भएको छ।

आज नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै यस्तो प्रावधान थप गरेको हो।

निर्देशनको नम्बर ३ को बुँदा २ मा भनिएको छ, “ग्राहकले मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरे-नगरेको पहिचान गरी आधिकारिक भीपीएनको प्रयोग नभएमा एपमा लग इन गर्न नमिल्ने व्यवस्था मिलाउनुपर्ने छ।”

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था समेत) ले भुक्तानी सम्बन्धी कार्यका लागि प्रयोग हुने विभिन्न प्रणालीहरुको नियमित रुपमा DC-DR Drill गर्नुपर्ने छ।

यसैगरी प्रणालीको DC-DR Drill कम्तीमा २ वर्षमा एक पटक गर्नुपर्नछ। DC-DR Drill सम्पन्न भएको १५ दिनभित्र उक्त Drill को प्रतिवेदन यस राष्ट्र बैंकमा पेश गर्नुपर्ने प्रावधान राखिएको छ।

प्रकाशित: २१ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...