Technology Khabar १४ फाल्गुन २०८१, बुधबार
काठमाडौं ।
केही हप्ता अघि आगामी मोटोरोला रेजर ६० अल्ट्राको पहिलो रेन्डरहरू लीक भएको थियो। साथै उत्तर अमेरिकामा भने उक्त आगामी मोटोरोला रेजर ६० अल्ट्रालाई ‘रेजर+ २०२५’ भनिने बताइएको छ।
मोटोरोला रेजर ६० अल्ट्राको नयाँ रेन्डर्सको नयाँ सेटमा डिभाइसलाई ‘रियो रेड’मा देख्न सकिने छ। यो रातो रङ्गको एक रोचक सेड हुनुको साथै धेरै उज्यालो नभएको उल्लेख गरिएको छ।
यस महिनाको सुरुमा लीक भएको गाढा हरियो रङ्गको इकाईमा जस्तै पछाडिको फेक लेदर (नक्कली छाला) पनि रहेको छ। यी नयाँ रेन्डरहरूले ह्यान्डसेटलाई सबै सम्भावित कोणहरूबाट देखाएको र यसको डिजाइन गत वर्षको आफ्नो पूर्ववर्तीसँग मिल्दोजुल्दो भएको बताइएको छ।
आफ्नो पूर्ववर्ती रेजर ५० अल्ट्राको जस्तो ८एस जेन ३ नभई यस रेजर ६० अल्ट्रामा भने फ्ल्यागशिप चिपसेटः स्न्यापड्रागन ८ एलिट राखिने अफवाह छ।
रेजर ६० अल्ट्रामा यस वर्षको मुख्य अपग्रेडको भनेको फ्ल्यागशिप चिपसेटको समावेश हुनेछ। यस बाहेक रेजर ६० अल्ट्रामा भने आफ्नो पूर्ववर्ती रेजर ५० अल्ट्राको जस्तो उही भित्री र बाहिरी स्क्रिनहरू, १२ जीबी र्याम, २५६ जीबी स्टोरेज र ४,००० एमएएच ब्याट्रीको साथ आउने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार