पुन्टो ‘स्लीक र स्पोर्टी’ ईभीको रूपमा फर्कन सक्ने फिएटका सीईओको भनाई

  • Technology Khabar | १४ फाल्गुन २०८१, बुधबार
पुन्टो ‘स्लीक र स्पोर्टी’ ईभीको रूपमा फर्कन सक्ने फिएटका सीईओको भनाई

काठमाडौं ।

सन् २०१८ देखि फिएटको लाइनअपबाट अनुपस्थित रहेको पुन्टोको पुनः आगमानको बारेमा सीईओको नयाँ टिप्पणी आएको  छ।

विद्युतीकरणको युगमा नयाँ पुन्टोले “स्लिम र स्पोर्टी” ह्याचब्याकको रूपमा काम गर्न सक्ने ओलिभर फ्राँस्वाँ ले बताएका छन्। विदेशी मिडियाले भने त्यस्तो कुनै मोडल अहिले विकासमा नभएको उल्लेख गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

फिएट ६०० ले कम्पनीको बी सेगमेन्ट (खण्ड) मा फिर्ता भएको संकेत गरेको उल्लेख छ। कुनै बेला हाल बन्द भएको पुन्टोले ओगटेको ठाउँ भर्दै सानो एसयूभीलाई सन् २०२४ मा फिएट ग्य्राण्ड पान्डाले जोइन गरेको उल्लेख छ।

इटालियन ब्रान्डले स्पोर्टीनेस र एरोडायनामिक इफिसियन्सी (दक्षता) मा ध्यान केन्द्रित गरी फ्यूचर प्रोडक्ट (भविष्यको उत्पादन) मा प्रख्यात ब्रान्डलाई फिर्ता गर्ने कुरालाई पूर्ण रूपमा अस्वीकार नगरेको उल्लेख छ।

नयाँ पुस्ताको पाण्डाको बारेमा अटोकारसँग भर्खरको अन्तर्वार्तामा, फिएटका सीईओ ओलिभर फ्राँस्वाँले “यदि पुन्टो धेरै सुन्दर र स्पोर्टी भएको भए, यो विद्युतीकरणको भविष्यसँग अत्यन्त जोडिएको हुनेछ” भनी बताएका छन्।

सीईओले नयाँ पुन्टो हाल योजनाबद्ध नभएको स्पष्ट पारेका छन्। तर उनी “बजारमा कुनै पनि परिवर्तनको प्रतिक्रिया दिन तयार भएको” टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei’s digital literacy initiative highlighted as key to closing global digital divide

  • Technology Khabar
  • १४ फाल्गुन २०८१, बुधबार