Technology Khabar १३ फाल्गुन २०८१, मंगलवार
काठमाडौं ।
लगातार चार वर्षको गिरावटपछि युरोपको स्मार्टफोन बजार सन् २०२४ मा ५ प्रतिशतले वृद्धि भएको छ। क्यानालिसको रपोर्टले बजारमा १३६ मिलियन भन्दा बढी डिभाइसहरू ढुवानी भएको र जसमध्ये ३० प्रतिशत ८०० अमेरिकी डलर र त्यस भन्दा माथिको मूल्यसहितका प्रिमियम डिभाइसहरू भएको बताएको छ।
जीएसएमएरिनाका अनुसार सन् २०२४ को अगुवा सामसङ बन्न सफल भएको छ र एप्पलले पनि सन् २०२४ को चौथो त्रैमासिकमा प्रभावशाली बिक्रीको रेकर्ड बनाएको छ। एप्पल इन्टेलिजेन्स समावेश नभए पनि एप्पलको प्रभावशाली बिक्रीको लागि आईफोन १६ ले सघाएको छ।
महामारीको समयमा खरिद गरिएका मध्यमदेखि शुरुवाती स्तरको स्मार्टफोनहरूको प्रतिस्थापन चक्रको साथ बजारमा उच्चस्तरीय स्मार्टफोनको माग बढेको छ। सामसङले वार्षिक आधारमा आफ्नो बिक्री ६ प्रतिशतले बढाएको छ भने एप्पलले १ प्रतिशत बढी आईफोनहरू ढुवानी गरेको छ।
युरोपको तेस्रो सबैभन्दा ठूलो स्मार्टफोन विक्रेता शाओमीले मूलतः रेडमी, पोको, र शाओमी–ब्रान्डेड फोनहरूको सन् २०२३ को जस्तै संख्यामा ढुवानी गरेको छ। मोटोरोलाले २६ प्रतिशत वृद्धि देखेको बताइएको छ भने ओप्पोले १३ प्रतिशत वार्षिक आधारमा वृद्धि भएको उल्लेख गरिएको छ।
सन् २०२४ मा ४१ मिलियन वा कुल १३६ मिलियनको ३० प्रतिशतको साथ सबैभन्दा धेरै प्रिमियम डिभाइसहरू बिक्री भएको प्रतिवेदनमा उल्लेख छ।
उक्त विश्लेषण वास्तविक स्टोर बिक्रीमा नभएर ढुवानीमा आधारित रहेको बताइएको छ जसमा यूएसबी–सी निर्देशनका कारण बन्द हुनु अघि आइफोन १३ र आईफोन १४ डिभाइसहरूमा जोड दिइएको र खुद्रा बिक्रेताहरूलाई यी डिभाइसहरू डिसेम्बर २८ सम्म बाँकी रहेमा निर्देशन सुरु हुन अघि बेच्न अनुमति दिइएको थियो।
ग्यालेक्सी एस२४ सिरिजले गर्दा सामसङको बिक्रीमा वृद्धि भएको छ भने ग्यालेक्सी एस२४ सिरिजलाई पेरिस २०२४ ओलम्पिकको समयमा व्यापक रूपमा विज्ञापन गरिएको थियो।
छुट्टाछुट्टै देशहरूमा गरिएको विस्तृत विश्लेषणले बेलायतमा एप्पल (५२ प्रतिशत) ले सामसङ (२८ प्रतिशत) को भन्दा झण्डै दोब्बर ढुवानी गरेको पत्ता लगाएको छ। स्पेनमा भने एप्पल तेस्रो स्थानमा झरेको र पहिलो स्थानमा रहेको शाओमीले आफ्नो कोरियाली प्रतिद्वन्द्वीभन्दा धेरै फोनहरू (ढुवानी) गरेको छ।
अफलाइन स्टोरहरू र खुला बजार च्यानलहरू मार्फत विस्तार भएकोले मोटोरोला सन् २०२४ मा युरोपमा सर्वकालीन उच्च स्थानमा पुगेको छ। दुई कठिन वर्षपछि दक्षिणी युरोपका स्पेन, इटाली, रोमानिया र पोर्चुगलमा ओप्पोको बिक्री बढेको छ। अनर र रियलमी पनि दोहोरो अंकले वृद्धि भएकोे छ।
मोबाइल डिभाइसका निर्माताहरूलाई लामो समयसम्म टिक्ने, मर्मत गर्न सजिलो र जिम्मेवार स्रोत प्रयोगलाई प्राथमिकता दिन दबाब दिनका लागि ईयूले जुन २० तारिखमा एक इकोडिजाइन निर्देशन पेश गर्नेछ जसले गर्दा कम्पनीहरूले “कम्प्लेक्स २०२५” को सामना गर्ने भएका छन्।
यसमा धेरै वर्षको लागि स्पेयर पार्ट्स उपलब्ध गराउने, लामो समयसम्म सफ्टवेयर समर्थन कायम राख्ने र तेस्रो–पक्ष प्रदायकहरूद्वारा मर्मत गर्नको लागि प्राविधिक कागजातहरू प्रदान गर्ने जस्ता निर्देशन समावेश छन्।
छोटकरीमा भन्नुपर्दा, बिक्रेताहरूले सजिलैसँग बदल्न मिल्ने रिप्लेसेबल ब्याट्रीहरू र धेरै वर्षको सफ्टवेयर समर्थन भएका फोनहरू लन्च गर्नुपर्नेछ। यो धेरै कम्पनीहरुको लागी एक ठूलो चुनौती भएको र तिनीहरुले आफ्नो प्राथमिकताहरुलाई पुनः परिवर्तन गर्न र सेवाहरु, बी२बी योजनाहरु र च्यानल विस्तारहरुबाट आम्दानी बढ्ने लक्ष्य राखेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार