चीनको फोल्डेबल स्मार्टफोन बजार सन् २०२४ मा २७ प्रतिशतले बढ्यो, ह्वावेको प्रभुत्व कायम

Technology Khabar १२ फाल्गुन २०८१, सोमबार

काठमाडौं ।

सन् २०२४ को चिनियाँ फोल्डेबल स्मार्टफोन बजारमा स्थिर वृद्धि भएको काउन्टरपोइन्टले गरेको बजार विश्लेषणले देखाएको छ।

चीनमा भएका सबै स्मार्टफोन बिक्रीको ३ प्रतिशत मात्र प्रतिनिधित्व गर्ने फोल्डेबलको सन् २०२३ को तुलनामा २७ प्रतिशतको वृद्धि निकै प्रभावशाली भएको उल्लेख गरिएको छ।

चिनियाँ बजार सबैभन्दा प्रतिस्पर्धी फोल्डेबल बजार भएको र धेरै निर्माताहरूले आफ्ना फोल्डेबलहरू त्यहाँ मात्र बिक्री गर्ने गरेका छन्। ह्वावेले आफ्नो स्थान बलियो बनाउन सफल भएको र चीनमा बिक्रीको आधा भन्दा बढी फोनहरू ह्वावेको भएको उक्त रिपोर्टमा बताइएको छ।

ह्वावे मेट ५ र मेट ६ बुक–टाइप फोल्डेबल क्याटेगरी (खण्ड)मा सबैभन्दा धेरै बिक्री भएका छन् भने पकेट २ र नोभा फ्लिप क्ल्यामशेल–टाइप ह्यान्डसेटहरू सबैभन्दा बढी खोजिएका छन्।

त्यसैगरी, ह्वावे बाहेक अनर आफ्नो अत्यधिक सफल म्याजिक भीएस२ र भीएस३ को सथा दोहोरो अंकको बजार साझेदारी भएको अर्को निर्माता बन्न सफल भएको छ। यस बाहेक ६७ प्रतिशत प्रयोगकर्ताहरूले बुक–टाइप फर्म फ्याक्टरलाई प्राथमिकता दिएको अनुसन्धानले फेला पारेको छ।

फोल्डेबलहरू अब सिमित र पुरुष प्रयोगकर्ताहरूका लागि एक्सक्लुसिभ नभएको विश्लेषकहरूको भनाइ रहेको छ। यस क्षेत्रमा भएको प्रगतिले धेरै लाइटवेट (हल्का तौल) र कम्प्याक्ट डिभाइसहरू उत्पादन प्रदान गर्न अनुमति दिईरहेको र अझ राम्रो क्यामराहरू प्रदान गरेको बताइएको छ।

यसले गर्दा नियमित उपभोक्ताहरूका साथै महिला उपभोक्ताहरूले पनि फोल्डेबलहरूमा अपील देख्न थालेका छन्। त्यसैले यसले गर्दा विगत केही वर्षहरूमा बजारको निरन्तर रुपमा द्रुत वृद्धि भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार

तपाइको प्रतिक्रिया