माघ मसान्तसम्म २१ करोड ७० लाख हाराहारीको स्मार्टवाच आयात

  • Technology Khabar | १२ फाल्गुन २०८१, सोमबार
माघ मसान्तसम्म २१ करोड ७० लाख हाराहारीको स्मार्टवाच आयात

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको सातौं महिना माघसम्म साढे २१ करोड ७० लाख हाराहारीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा २१ करोड ६९ लाख ४६ हजार बराबरको १ लाख २७ हजार ६३९ थान स्मार्टवाच आयात भएको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म स्मार्टवाचका लागि २१ करोड ७० लाख रुपैयाँ हाराहारी देशबाहिर जाँदा सरकारले ६ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो महिनासम्म नेपालमा २१ मुलुक तथा एउटा नाम नखुलेको ठाउँबाट गरी १ लाख २७ हजार ६३९ थान स्मार्टवाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै १ लाख १२ हजार ८८२ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य १५ करोड ८७ लाख ८१ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट २ करोड ३२ लाख ६७ हजार बराबरको १३ हजार ३२६ थान र भियतनामबाट ३ करोड ३४ लाख बराबरको १ हजार १५२ थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रं सं देश विवरण रकम (हजारमा)
चीन ११२८८२ १५८७८१
भारत १३३२६ २०९३४
भियतनाम ११५२ ३३४००
जर्मनी ७९ १०९
यूएई ४० १४४
अमेरिका ३१ 227
कतार १५ ११
हङकङ ४६ ४०५
अस्ट्रेलिया १२ १५१
१० इजरायल १४ १२

यसबाहेक बाँकी देशहरुबाट १ देखि १ लाख ४२ हजारसम्मको १ देखी ८ थानसम्म स्मार्टवाच आएको विवरणमा देखिएको छ।

प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...