माघ मसान्तसम्म २१ करोड ७० लाख हाराहारीको स्मार्टवाच आयात

Technology Khabar १२ फाल्गुन २०८१, सोमबार

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको सातौं महिना माघसम्म साढे २१ करोड ७० लाख हाराहारीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा २१ करोड ६९ लाख ४६ हजार बराबरको १ लाख २७ हजार ६३९ थान स्मार्टवाच आयात भएको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म स्मार्टवाचका लागि २१ करोड ७० लाख रुपैयाँ हाराहारी देशबाहिर जाँदा सरकारले ६ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो महिनासम्म नेपालमा २१ मुलुक तथा एउटा नाम नखुलेको ठाउँबाट गरी १ लाख २७ हजार ६३९ थान स्मार्टवाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै १ लाख १२ हजार ८८२ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य १५ करोड ८७ लाख ८१ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट २ करोड ३२ लाख ६७ हजार बराबरको १३ हजार ३२६ थान र भियतनामबाट ३ करोड ३४ लाख बराबरको १ हजार १५२ थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रं संदेशविवरणरकम (हजारमा)
चीन११२८८२१५८७८१
भारत१३३२६२०९३४
भियतनाम११५२३३४००
जर्मनी७९१०९
यूएई४०१४४
अमेरिका३१227
कतार१५११
हङकङ४६४०५
अस्ट्रेलिया१२१५१
१०इजरायल१४१२

यसबाहेक बाँकी देशहरुबाट १ देखि १ लाख ४२ हजारसम्मको १ देखी ८ थानसम्म स्मार्टवाच आएको विवरणमा देखिएको छ।

प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार

तपाइको प्रतिक्रिया