अबदेखि ‘नो अब्जेक्शन’ लिएर मात्र विदेशी सेवा प्रदायकका सिम तथा रिचार्ज कार्ड बिक्री गर्न पाइने

  • Technology Khabar | ८ फाल्गुन २०८१, बिहीबार
अबदेखि ‘नो अब्जेक्शन’ लिएर मात्र विदेशी सेवा प्रदायकका सिम तथा रिचार्ज कार्ड बिक्री गर्न पाइने

काठमाडौं ।

विदेशी मुलुकहरूका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको सिमकार्ड र रिचार्ज कार्डहरू विदेश यात्रा गर्ने व्यक्तिहरूलाई लक्षित गरी नेपाल दूरसञ्चार प्राधिकरणबाट नो अब्जेक्शन लिएर मात्र नेपालमा बिक्री वितरण गर्न पाइने भएको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी यस्ता सिम कार्ड बिक्री वितरण गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणबाट नो अब्जेक्शन लिन सम्बन्धित सबैलाई आग्रह गरेको हो।

‘विदेशी मुलुकहरूका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको सिमकार्ड र रिचार्ज कार्डहरू विदेश यात्रा गर्ने व्यक्तिहरूलाई लक्षित गरी नेपालमा बिक्री वितरण गर्नका लागि यस प्राधिकरणबाट No Objection प्राप्त गर्नुपर्ने व्यवस्था रहेकोले तत् तत् देशहरूमा जाने व्यक्तिहरूलाई सिमकार्ड र रिचार्ज कार्डहरू बिक्री / वितरण गर्ने सम्बन्धित व्यक्ति/ संस्थाहरूले यस प्राधिकरणबाट No-Objection लिएर मात्र बिक्री वितरण गर्नु/गराउनुहुन सम्बन्धित सरोकारवालाहरूलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ।

प्रकाशित: ८ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...