ताजा समाचार

टेलनेट इन्टरनेट कम्पनीको अनुमतिपत्र खारेज

टेलनेट इन्टरनेट कम्पनीको अनुमतिपत्र खारेज
Global IME Bank

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक टेलनेट इन्टरनेट प्रा. लि. प्रा. लि., पोखरा महानगरपालिका- सिमलचौर, कास्कीको अनुमतिपत्र खारेज गरेको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी प्राधिकरणबाट टेलनेट इन्टरनेट प्रा. लि. लाई २०७१/११/०१ मा प्रदान गरिएको इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र (फि. ज. १.७७) नवीकरण नगरेका कारण खारेज गरिएको जानकारी दिएको हो।

‘नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०८१/११/०१ देखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।

प्राधिकरणले उक्त प्रा.लि. ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा पनि यो सूचना जारी भएको मितिले ३० दिनभित्र  कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ।

Sajilo Visa
easy care