Technology Khabar ७ फाल्गुन २०८१, बुधबार
काठमाडौं ।
धेरैजसो इलेक्ट्रिक कारहरू स्पेयर टायरको साथ आउँदैनन्। यसको कारण के हुन् सक्छ? धेरै नयाँ कारहरूमा कुनै समयमा आवश्यकताको रूपमा दिइने गरिएको स्पेयर टायर अर्थात (अतिरिक्त टायर) अब फेला पार्न गाह्रो हुन थालेको छ।
विशेषगरी लामो यात्रा र ग्रामीण क्षेत्रहरूमा सवारी साधनको टायर पन्चरको भएको अवस्थामा स्पेयर टायर निकै उपयोगी हुन सक्छ।
सामान्यतया: ती पूर्ण आकारका टायरहरू सवारी साधनको पन्चरको भएको टायरको ठाउँमा लगाउने गरिन्छ। यसैबीच, आजकल धेरै सामान्य भइरहेको स्पेस–सेभिङ स्पेयर टायरहरू भने गन्तव्यमा पुर्याउने ढङ्गले अस्थायी प्रयोगको लागि डिजाइन गरिएको हुन्छ जुन पातलो र सानो हुने भएकाले तिनीहरूको गति सीमा हुने उल्लेख गरिएको छ।
यद्यपि, धेरै हाइब्रिड कारहरू र लगभग हरेक फुल इलेक्ट्रिक कारहरूमा स्पेयर टायरहरू समावेश गर्न छोडिएको छ।
यसको मुख्य कारण भनेको वजन रहेको छ। इलेक्ट्रिक कारहरू भारी हुन्छन् र स्पेयर टायर थप्दा ऊर्जा खपत बढ्न जान्छ। हालको लिथियम–आयन प्रविधिसहितका हाइब्रिड र फुल ईभी ब्याट्री प्याकहरू स्वाभाविक रूपमा भारी हुने गर्दछन्।
ऊर्जा खपत बढाउँदै गतिको दायरा घटाउन सक्ने चीज किन समावेश गर्ने भनेर यसले निर्माताहरूको लागि प्रश्न खडा गर्दछ? विद्युतीय सवारी साधनहरूले सामान्यतया टायरमा अधिक तौलको कारणले गर्दा टायरको जीवन छोटो हुने तथ्यको उल्लेख गरिएक छ।
थप अतिरिक्त तौलका कारण, विद्युतीय कारहरूमा सामान्यतया कम पेलोड हुने गर्छ। त्यसैले स्पेयर टायर लगायतको समावेशले यसलाई अझ सीमित पार्नेछ।
त्यसैगरी सरल अर्थशास्त्रको भाषामा अतिरिक्त टायर समावेश नगर्दा उत्पादन लागत पनि घटाउने स्पष्ट अवसर हुन्छ। कुन विद्युतीय सवारी साधनहरूमा स्पेयर टायर समावेश हुन्छन्?
फुल इलेक्ट्रिक कारहरूको सानो अंशमा स्ट्याण्डर्डको रूपमा केही प्रकारका स्पेयर टायरहरू समावेश हुन्छन् भने धेरैजसोमा टायर मर्मत गर्ने किट मात्र हुने गर्दछ। तर, टेस्ला मोडल ३ र मोडल वाई मा कुनै रिपेयर टुल्स (मर्मत उपकरण) पनि समावेश हुने गरेका छैनन्।
केही तेस्रो–पक्ष कम्पनीहरूले प्राथमिकताको रूपमा हेर्ने गरेका खरिदकर्ताहरूको लागि विकल्पको रूपमा निश्चित इलेक्ट्रिक गाडी मोडेलहरूको लागि स्पेयर टायरहरू बिक्री गर्ने गरेका छन्।
चेरी ओमोडा ई५ र हुण्डाई कोना इलेक्ट्रिक स्पेयर टायर समावेश गर्ने गरेका फुल ईभीहरू भएको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार