Technology Khabar ६ फाल्गुन २०८१, मंगलवार
काठमाडौं ।
फक्सवागनले यस वर्षको सेप्टेम्बर महिनामा म्युनिखमा हुने मोटर शोमा आईडी.२एक्स नामक नयाँ सानो र किफायती इलेक्ट्रिक एसयूभी अनावरण गर्नेछ।
भीडब्ल्यू आईडी.२एक्स ब्रान्डको अत्यधिक लोकप्रिय टी–क्रसको लागि शून्य उत्सर्जन विकल्पको रूपमा र आगामी रेनो ४ ई–टेकको प्रतिद्वन्द्वीको रूपमा आउने छ।
नाम अनुसार यो इलेक्ट्रिक कार फक्सवागन आईडी.२ जस्तै हुने र आईडी.पोलो नामको साथ यस वर्षको अन्त्यमा आइपुग्ने टेलिग्राफले रिपोर्ट गर्दछ।
कूप्रा राभल सुपरमिनी र स्कोडा एपिक क्रसओभर बाहेक आईडी.२ फक्सवागन समूहको सडकमा रहेका प्रवेश–स्तरका दुई मात्र विद्युतीय कारहरूमध्ये भएको उल्लेख गरिएको छ।
सबै चारवटा विद्युतीय कारहरूले एकै एमईबी इन्ट्रि प्लेटफर्म प्रयोग गर्ने बताइएको छ जुन स्पेनमा निर्माण हुनेछ।
फक्सवागनले मार्चमा आईडी.सडीओ १ नामक इलेक्ट्रिक कारको अवधारणा अनावरण गर्ने घोषणा गरेको छ। उक्त मोडेल सन् २०२७ मा आउने तालिका रहेको छ भने १८,००० पाउन्ड स्टर्लिंग भन्दा कम लागत हुने उल्लेख गरिएको छ।
त्यसैगरी आईडी.२ ३८केडब्ल्यूएच र ५८केडब्ल्यूएच ब्याट्रीहरूको विकल्पको साथ उपलब्ध हुनेछ र आईडी.२एक्स पनि त्यस्तै विकल्पको साथ उपलब्ध हुनुपर्ने उल्लेख गरिएको छ।
आईडी.२ को मूल्य लगभग २०,००० पाउन्ड स्टर्लिंगबाट सुरु हुने अपेक्षा गरिएको छ भने आईडी.२एक्स को मूल्य २५,००० पाउन्ड स्टर्लिंगबाट सुरु हुने सम्भावना रहेको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार