फायरफ्लाई एरोस्पेसले यूएस स्पेस फोर्सबाट पायो २१.८ मिलियनको भिक्टस सोल मिसनको ठेक्का

  • Technology Khabar | ५ फाल्गुन २०८१, सोमबार
फायरफ्लाई एरोस्पेसले यूएस स्पेस फोर्सबाट पायो २१.८ मिलियनको भिक्टस सोल मिसनको ठेक्का

काठमाडौं ।

फायरफ्लाई एरोस्पेसले अमेरिकी स्पेस फोर्सको ट्याक्टिकल रेस्पोन्सिभ स्पेस (ट्याकआरएस) कार्यक्रम अन्तर्गत भिक्टस सोल नामक मिसन प्रक्षेपण गर्न २१.८ मिलियन डलरको ठेक्का प्राप्त गरेको छ। यो कम्पनीको तेस्रो ट्याकआरएस ठेक्का हो।

स्पेस सिस्टम्स कमाण्डले फेब्रुअरी १३ मा घोषणा गरेअनुसार, यो मिसन फायरफ्लाईको अल्फा रकेटद्वारा प्रक्षेपण गरिनेछ। ट्याकआरएस कार्यक्रमले राष्ट्रिय सुरक्षासँग सम्बन्धित आपतकालीन अवस्थामा छिटो उपग्रह तैनाथ गर्ने क्षमता प्रदर्शित गर्ने उद्देश्य राखेको स्पेसन्युजले उल्लेख गरेको छ।

ट्याकआरएस कार्यक्रम सञ्चालन गर्ने न्यू मेक्सिको-आधारित कार्यालय स्पेस सफारीका प्रवक्ताका अनुसार भिक्टस सोलको पेलोड, मिसन उद्देश्य, र प्रक्षेपण समयबारे विस्तृत जानकारी खुलाइएको छैन। तर, यो मिशन प्रदर्शन उडानहरूबाट प्रत्यक्ष सञ्चालनमा रूपान्तरण हुँदै गएको संकेत गरिएको छ।

फायरफ्लाईका सीईओ जेसन किमले बताएअनुसार “यो मिसनले सञ्चालन क्षमताको प्रमाण दिनेछ, जहाँ हाम्रा प्रक्षेपण यान र अन्तरिक्ष यान स्ट्यान्डबाइ अवस्थामा रहँदा हामी स्पेस फोर्सबाट बोलावट नहुञ्जेल अन्य व्यावसायिक तथा सरकारी मिसनहरू प्रक्षेपण गरिरहनेछौं, ।”

फायरफ्लाईले यसअघि सेप्टेम्बर २०२३ मा भिक्टस नक्स नामक ट्याकआरएस मिशन प्रक्षेपण गरिसकेको छ र यसै वर्ष भिक्टस हेट मिसन प्रक्षेपण गर्ने तयारीमा छ जसमा ट्रु एनोमाली नामक अन्तरिक्ष प्रविधि कम्पनीले निर्माण गरेको उपग्रह रहन्छ।

फायरफ्लाईले यो भिक्टस सोल ठेक्का स्पेसफोर्सको अर्बिटल सर्भिसेज प्रोग्राम-४ मार्फत प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट जितेको हो। रकेट सिस्टम लञ्च प्रोग्रामद्वारा प्रबन्ध गरिने यो कार्यक्रम अन्तरिक्ष सुरक्षाका लागि लचिलो प्रक्षेपण सेवाहरू उपलब्ध गराउन डिजाइन गरिएको स्पेसन्युज डटकमले उल्लेख गरेको छ।

प्रकाशित: ५ फाल्गुन २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार