फक्सवागनको सबैभन्दा सस्तो इलेक्ट्रिक कारको मूल्य सार्वजनिक

  • Technology Khabar | २९ माघ २०८१, मंगलवार
फक्सवागनको सबैभन्दा सस्तो इलेक्ट्रिक कारको मूल्य सार्वजनिक

काठमाडौं ।

फक्सवागनले आफ्नो इलेक्ट्रिक फ्युचर (विद्युतीय भविष्य) को विन्डोको रूपमा आईडी.२अल अवधारणा (ID.2all concept) अनावरण गरेको लगभग दुई वर्ष भइसकेको छ।

कम्पनीको उक्त प्रोडक्सन मोडेल भने अर्को वर्ष सम्ममा पनि बजारमा आउने कुनै छाँटकाँट नदेखिएको उल्लेख गरिएको छ।

भीडब्लूले भने अब अझै सस्तो ईभी उत्पादन गर्नको लागि उत्सुक भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

उक्त सस्तो ईभी संस्करणको नामको बारेमा केही पनि उल्लेख नगरिए पनि हालै जारी गरिएका टिजर ईमेज (तस्बिर) हरूले यो कस्तो देखिनेछ भनेर झलक प्रदान गरेको बताइएको छ।

साथै मार्च महिनाको सुरुमा ईभीको पूर्ण खुलासा हुने बताइएको छ।
भीडब्लूले इन्ट्रि–लेभल (प्रवेश–स्तर) ईभी बिक्रीमा जाँदा यसको मूल्य लगभग २०,००० यूरो हुने वाचा गरेको उल्लेख छ।

यस ईभीलाई आईडी.१ भनिनेछ वा अरू केही नाम दिइनेछ भन्ने स्पष्ट नभएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २९ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...