बजार अनुसन्धान फर्म काउण्टरपोइण्टले भन्यो- ओपो प्रिमियम स्मार्टफोन मध्येकै अग्रणी

  • Technology Khabar | २९ आश्विन २०७५, सोमबार
बजार अनुसन्धान फर्म काउण्टरपोइण्टले भन्यो- ओपो प्रिमियम स्मार्टफोन मध्येकै अग्रणी

काठमाडौं ।

काठमाडौं । बजार अनुसन्धान फर्म काउण्टरपोइण्टले ओपोलाई ‘लोअर प्रिमियम सेग्मेण्ट’मा स्मार्टफोन ब्राण्ड मध्येकै अग्रणी घोषित गरेको छ ।

घरेलु बजार चीनबाट मात्रै ९५ प्रतिशत फ्ल्यागशिप सेल्स प्राप्त गरेको ओपोसंग थप आकर्षक स्मार्टफोन उत्पादन गरी विश्वभरका यूवा उपभोक्ता मार्फत बजार हिस्सा अझ विस्तारित गर्ने प्रशस्त अवसर यथावत् रहेको स्पष्ट भएको कम्पनीको भनाई छ ।

‘लगानीको उत्कृष्ट परिणाम दिने मिड रेञ्ज्ड उपकरण देखि ओपो एफनाइन जस्ता उच्च रेञ्जका स्टेट अफ आर्ट टेक्नोलोजीसहितको उत्पादन पोर्टफोलियोमार्फत सर्वोत्कृष्ट प्रविधि, डिजाइन र प्रयोग अनुभव प्रदान गर्दै उपभोक्ताका हरेक आवश्यकता र चाहना पुरा गर्न हाम्रो ब्राण्ड सधैँ प्रतिबद्ध छ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

काउण्टरपोइण्ट रिपोर्टले हाई एण्ड प्रडक्ट शिपमेन्ट अन्तर्गत सन् २०१८को दोस्रो त्रैमासमा ग्लोबल हाई एण्ड स्मार्टफोन बजार ७ प्रतिशतले बढेको निश्कर्ष निकालेको छ । समग्र प्रिमियम स्मार्टफोन बजार मध्य ओपोले १० प्रतिशतहिस्सा ओगटेको छ भने ४०० डलरदेखि ६०० डलर मूल्य पर्ने सेग्मेण्टमा २२ प्रतिशत बजार हिस्सा सहित ओपो पहिलो स्थानमा छ भने एप्पल, सामसुङ, हुआवे, साओमी लगायतले पछ्याइरहेका छन् ।

अत्यधिक महत्वपूर्ण चिनिया हाई एण्ड स्मार्टफोन बजारमा भने एप्पल पहिलो स्थानमा र ओपो दोस्रो स्थानमा छ । चिनिया स्मार्टफोन निर्माताहरुले यस बर्ष आफ्ना फ्ल्यागशिप मोडलहरु परिस्कृत गरेका छन् भने ओपो ती मध्ये सर्वाधिक अग्रपंक्तिमा देखिन्छ ।

केही समय अगाडी मात्र सार्वजनिक गरिएको फाइन्ड एक्स पेरिस लञ्चपछि उपभोक्ताका साथै मिडियामार्फत समेत अत्यधिक मात्रामा वाहवाही बटुल्न सफल रह्यो । मेटालिक कलर्स र ग्लास ग्राडियण्ट मार्फत समग्र उद्योगमै धमाका मच्चाउन सफल कम्पनीको आर सिरिजको पनि यसमा महत्वपूर्ण योगदान रहेको देखिन्छ ।

सन् २०१८मा मात्रपनि ओपोले पानोरोमिक आर्क स्क्रिन, एआई–ईन्ह्यान्स्ड थ्रीडी क्यामेरा, सुपर भोक फ्ल्याश चार्जिङ, टीओएफ र थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि जस्ता नवप्रबर्तनात्मक प्रविधिहरु सार्वजनिक गरिसकेको छ । ओपोले एआईका लागि स्टानफोर्ड युनिभर्सिटी संग सहकार्यका लागि सहमति गरिसकेको छ भने आन्तरिकरुपमा भविष्यमा विकसित गरिने ५जी स्मार्टफोनहरुका लागि ५जीको सफल परिक्षण समेत गरिसकेको छ । ओपोको तिब्र बजार बृद्धिका लागि उत्पादनका फिचर्सका साथै अन्य धेरै पक्षको समेत महत्वपूर्ण भुमिका रहेका छन् ।

हालका बर्षहरुमा ओपोले म्यानुफ्याक्चरिङ र हार्डवेयर विकासका लागि आरएण्डडी र विश्वभरका डिजाइन सेन्टरहरुमा ब्यापक लगानी गरेको छ । सफ्टवेयरको क्षेत्रमा कम्पनीको कलरओसले सदाझैँ सहज र प्रयोग मैत्री अनुभव प्रदान गर्दै आइरहेको छ । यसको पुष्टि कम्पनीद्वारा वैश्विक स्तरमा हाल सम्म दर्ता गरिएका ३२ हजार प्राविधिक प्याटेन्टले गरेको कम्पनीको भनाई छ ।

हालसम्म ओपोले ३० भन्दा बढी देश र क्षेत्रमा प्रवेश गर्दै ४ लाख भन्दा बढी विक्रि केन्द्र सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

प्रकाशित: २९ आश्विन २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Chynabazar to launch on July 29: A disruption in e-commerce, connecting direct-from-manufacturer to consumer

  • Technology Khabar
  • २९ आश्विन २०७५, सोमबार