हुन्डाइ हाईवे एसुरेन्स सेवा, हाईवे मा फ्रि चेक अप क्याम्प स्थापना

  • Technology Khabar | २९ आश्विन २०७५, सोमबार
हुन्डाइ हाईवे एसुरेन्स सेवा, हाईवे मा फ्रि चेक अप क्याम्प स्थापना

काठमाडौं ।

काठमाडौं । नेपालको लागि हुन्डाइ गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मि इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाइ हाईवे एसुरेन्स सेवा ल्याएको छ ।

कम्पनीले हुन्डाइ गाडिहरुको लागि फ्रि चेकअप क्याम्प आयोजना गरेको छ । सो कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाइ गाडीको निशुल्क चेक अप क्याम्प स्थापना गरेको छ ।

बडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले हुन्डाइ गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको निशुल्क चेकअपमा ग्राहकहरुले आफ्नो हुन्डाइ गाडीको निशुल्क चेकअप गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कुलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड ९काँकडभित्ता रोड), इटहरी (मिलन चोक), जनकपुर (ढल्केबर), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५ कि.मी. उत्तरतर्फ), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया) मा स्थापना गरीएको छ ।

यो कार्यक्रम असोज २९ देखी ३१ गतेसम्म बिहान १० बजेदेखी साँझ ६ बजे सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: २९ आश्विन २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Chynabazar to launch on July 29: A disruption in e-commerce, connecting direct-from-manufacturer to consumer

  • Technology Khabar
  • २९ आश्विन २०७५, सोमबार