Technology Khabar २१ माघ २०८१, सोमबार
काठमाडौं ।
विगत केही महिनादेखि एआई च्याटबटहरूको दौड तीव्र भएको छ। पहिले यस क्षेत्रमा केवल अमेरिकी कम्पनीहरूको प्रभुत्व थियो तर अब चीन र अन्य देशका कम्पनीहरूले पनि उनीहरूलाई चुनौती दिन थालेका छन्।
हालै चिनियाँ कम्पनी डीपसिकको एआई मोडेलले टेक जगतमा हलचल मच्चाएको छ भने अब साउदी अरेबियाले पनि विशेष एआई च्याटबट “रायन” नाममा प्रस्तुत गरेको छ। यसले आफूलाई श्रम बजार सल्लाहकारको रूपमा प्रस्तुत गरिरहेको छ।
रायनले श्रम बजारसँग सम्बन्धित प्रश्नहरूको मात्र जवाफ दिने
रियादस्थित टाकामोल कम्पनीले एआई च्याटबट रायन विकास गरेको छ। कम्पनीले यसको दुई संस्करणहरू प्रस्तुत गरेको छ। पहिलो संस्करण अन साइट छ। यसले अंग्रेजीमा मात्र प्रश्नहरूको जवाफ दिन्छ। यसको दोस्रो संस्करण अनलाइन छ, जसले अंग्रेजीका साथै फ्रान्सेली, अरबी र स्पेनी आदि भाषामा पनि उत्तर दिन सक्छ।
जब यो च्याटबटलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा प्रश्न सोधियो, यसले भन्यो- यो राजनीतिमा विज्ञ होइन तर विश्वव्यापी श्रम बजारमा विज्ञ हो।
यसको अफलाइन संस्करणले ५०-६० शब्दका छोटो उत्तरहरू दिन्छ जसले गर्दा, प्रयोगकर्ताले यससँग अन्तर्क्रिया गर्ने थप अवसरहरू पाउँछन्। जबकि अनलाइन संस्करणले प्रश्नहरूको जवाफ अझ गहन रूपमा दिन्छ।
डीपसिक र च्याटजीपीटीले लगभग हरेक मुद्दासँग सम्बन्धित प्रश्नहरूको जवाफ दिन सक्छन्, तर रायनले श्रम बजारसँग सम्बन्धित प्रश्नहरूको मात्र जवाफ दिन्छन्।
प्रकाशित: २१ माघ २०८१, सोमबार