
काठमाडौं ।
चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स एप डीपसिकलाई इटालीमा एप्पल र गुगल एप स्टोरबाट प्रतिबन्ध लगाइएको छ।
इटालीको डाटा सुरक्षा प्राधिकरणले यसको व्यक्तिगत डाटाको प्रयोगको बारेमा विवरणहरूको अनुरोध गरेपछि डीपसिकलाई इटालीमा एप्पल र गुगल एप स्टोरबाट प्रतिबन्ध लगाइएको उल्लेख छ।
त्यसैगरी आयरल्याण्डको डाटा संरक्षण आयोगले पनि डीपसेकको आयरिश प्रयोगकर्ता डाटाको प्रोसेसिङको बारेमा जानकारीको लाग अनुरोध गरेको रोयटर्सले उल्लेख गरेको छ।
डाटा सङ्कलन, स्टोरेज र नाबालिग प्रयोगकर्ताहरूका लागि सुरक्षा उपायहरूमा ध्यान केन्द्रित गर्दै इटालियन नियामकले एपले जीडीपीआर नियमहरूको पालना गरिरहेको भन्ने सुनिश्चित गर्नको लागि अनुसन्धान सुरु गरेको जनाइएको छ।
यद्यपि पहिले नै एप डाउनलोड गरिसकेका प्रयोगकर्ताहरूका लागि र पहुँचयोग्य रहेको ईयूका अन्य देशहरूमा भने डीपसिकले काम गर्न जारी राखेको उल्लेख छ।
यसैबीच, जर्मनीले आफ्नो राष्ट्रिय चुनाव अघि सम्भावित हस्तक्षेपको लागि आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) एप्लिकेसनहरूको निगरानी गरिरहेको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १८ माघ २०८१, शुक्रबार