डीपसिकले हामीबाट चोरी गरेको प्रमाण हामीसँग छः ओपनएआईको दावी

  • Technology Khabar | १८ माघ २०८१, शुक्रबार
डीपसिकले हामीबाट चोरी गरेको प्रमाण हामीसँग छः ओपनएआईको दावी

काठमाडौं ।

चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) स्टार्टअप डीपसिकले यसको आफ्नो कम्पिटिङ ओपन सोर्स एप्लिकेसनलाई तालिम दिन स्वामित्व मोडेलहरू प्रयोग गरेको ओपनएआईले दावी गरेको छ र जसले बौद्धिक सम्पत्ति अधिकारको सम्भावित उल्लङ्घनको बारेमा चिन्ता बढाएको छ।

“डिस्टिलेसन” नामक अभ्यासको प्रमाण फेला पारेको र जसलाई डीपसिकले प्रयोग गरेको शंका गरिएको च्याटजीपीटी निर्माण गरेको कम्पनीले फाइनान्सियल टाइम्सलाई बताएको छ।

यस प्रविधिले डेभलपरहरूलाई ठूला, थप उन्नत मोडेलहरूबाट डाटा प्रयोग गरेर धेरै कम लागतमा समान परिणामहरू प्राप्त गरेर साना मोडेलहरूको पर्फमेन्स सुधार गर्न सघाउने उल्लेख गरिएको छ।

यद्यपि उद्योगमा डिस्टिलेसन सामान्य भएको बताइएको छ भने डीपसिकले यसलाई कम्पिटिङ (प्रतिस्पर्धी) मोडेल निर्माण गर्न प्रयोग गरेको हुन सक्छ जसले ओपनएआईको सेवा सर्तहरू उल्लङ्घन गर्दछ भनि ओपनएआईले दावी गरेको छ।

“प्रतिस्पर्धी उद्देश्यका लागि आफ्नै मोडेल सिर्जना गर्दा यो समस्या हुन्छ” ओपनएआई नजिकको स्रोतले बताएको गार्जियनले उल्लेख गरेको छ।

प्रकाशित: १८ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Award-winning ‘Electric Compact Vehicle of the Year 2026’ – Proton e.MAS 5 coming to Nepal

  • Technology Khabar
  • १८ माघ २०८१, शुक्रबार