भारतद्वारा १०० औं स्याटेलाइट प्रक्षेपण सफल

Technology Khabar १७ माघ २०८१, बिहीबार

भारतद्वारा १०० औं स्याटेलाइट प्रक्षेपण सफल
फाइल तस्बिर

काठमाडौं ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बुधबार बिहान ‘नेभिगेसन स्याटेलाइट एनभीएस–०२’ बोक्ने आफ्नो ‘जियोसिङ्क्रोनस स्याटेलाइट’ लन्च भेहिकल (जीएसएलभी)–एफ१५ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। जियोसिङ्क्रोनस स्याटेलाइट प्रक्षेपण वाहन धेरै तौलयुक्त सञ्चार स्याटेलाइट (उपग्रह) प्रक्षेपण गर्न प्रयोग गरिन्छ।

एनभीएस–०२ बोकेको जीएसएलभी–एफ१५ ले दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण प्याडबाट बिहान ६ः२३ बजे उडान भरेको थियो। इसरोले बुधबार गरेको प्रक्षेपण १०० औं रहेको छ।

एनभीएस–०२ ले नेभिगेसन, कृषि, आपतकालीन सेवा र मोबाइल उपकरण स्थान सेवाहरूको सुधार गर्न मद्दत गर्नेछ।  इसरोका अनुसार, श्रीहरिकोटाबाट उड्ने पहिलो ठूलो रकेट सन् १९७९ अगस्त १० मा स्याटेलाइट प्रक्षेपण वाहन (एसएलभी) थियो।-रासस/सिन्ह्वा

प्रकाशित: १७ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया