अटो टेक

बीवाईडीले सार्वजनिक गर्यो ९,२०० वटा गाडी बोक्न सक्ने संसारकै ठूलो कार क्यारियर “बीवाईडी शेन्जेन“

बीवाईडीले सार्वजनिक गर्यो ९,२०० वटा गाडी बोक्न सक्ने संसारकै ठूलो कार क्यारियर “बीवाईडी शेन्जेन“
Global IME Bank

चीनको नयाँ ऊर्जा गाडी ( एनईभी ) निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले संसारकै ठूलो रोल–अन-रोल–अफ  (आरओ–आरओ) कार क्यारियर “बीवाईडी शेन्जेन“ सार्वजनिक गरेको छ।

यो जहाजले ९,२०० गाडी बोक्न सक्ने क्षमता राख्ने र यो बीवाईडी को दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम भ्एको कम्पनीले जनाएको छ।

चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बीवाईडी का अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा संचालित छ। यी प्रविधिले “बीवाईडी शेन्जेन“ लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको छ।

“बीवाईडी शेन्जेन“ ले बीवाईडीको बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ। यसअघि ‘बीवाईडी एक्सप्लोरर नं १’, ‘बीवाईडी हेफेई’ र ‘बीवाईडी चाङझोउ’ जस्ता जहाजहरूले ७,००० देखि ९,२०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा एनईभी  आपूर्ति गरेका थिए।

बीवाईडीले २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्याउनेछ।

सन् २०२४ मा बीवाईडी ले ४ लाख १७ हजारभन्दा धेरै विद्युतीय गाडी विदेश पठायो, जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो। विद्युतीय गाडीको माग बढ्दै जाँदा, बीवाईडी नयाँ प्रविधि, दिगो समाधान, र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ।

Sajilo Visa
easy care