आइफोनको तीन वटै मोडल नेपाली बजारमा आउँदै, सस्तो आइफोन एक्सआर पनि किन्न पाईने

  • Technology Khabar | २४ आश्विन २०७५, बुधबार
आइफोनको तीन वटै मोडल नेपाली बजारमा आउँदै, सस्तो आइफोन एक्सआर पनि किन्न पाईने

काठमाडौं ।

काठमाडौँ । टेक कम्पनी एप्पलले हालै सार्वजनिक गरेका नयाँ आइफोनहरु नेपाली बजारमा पनि उपलब्ध हुने भएका छन् । नेपाली बजारमा एप्पलका तीनै मोडलहरु उपलब्ध हुने भएको हो ।

नेपाली बजारमा आइफोनको आधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी जेनरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले आयात तथा बिक्री गर्दछ । नेपाली आयातकर्ता कम्पनीले नेपालमा आइफोन भित्र्याउनका लागि प्रकृया शुरु गरिसकेको छ ।

कम्पनीले ए २०९७, ए २१०१ र ए २१०५ मोडल नम्बर भएका आइफोनहरु नेपाली बजारमा ल्याउने छ । यसको अर्थ कम्पनीले एप्पलका तीन वटै मोडलका आइफोनहरु नेपालमा भित्र्याउने छ । ए २०९७ मोडललाई आइफोन एक्स एस (iPhone Xs) को नामबाट चिनिन्छ भने ए २१०१ लाई आइफोन एक्स एस म्याक्स(iPhone Xs Max)को नाममा परिचित छ । त्यस्तै तेस्रो मोडल नम्बर भने सस्तो आइफोन भनेर चिनिने आइफोन एक्स आर(iPhone Xr) को हो ।

यसको अर्थ कम्पनीले नेपाल सस्तो मोडलको आइफोन पनि सार्वजनिक गर्नेछ ।

जेनेरेशन नेक्स्टले नेपाली बजारमा आइफोन एक्स एसको ५१२ जीबी र २५६ जीबी र ६४ जीबी स्टोरेज मोडल सार्वजनिक गर्नेछ । आइफोन एक्स एस सिल्भर, गोल्ड र स्पेस ग्रे कलर अप्सनमा आउनेछ ।

त्यस्तै आइफोन एक्स एस म्याक्सको २५६ जीबी स्टोरेज उपलब्ध हुने बताईएको छ ।

कम्पनीले हाल विश्व बजारमा उपलब्ध भएका आइफोन मोडल बाहेक तेस्रो मोडल आइफोन एक्स आर पनि नेपाली बजारमा ल्याउने छ । आइफोन एक्स आर मोडल अक्टोबर २६देखि विश्वभर बिक्रीका लागि उपलब्ध हुनेछ ।

नेपाली बजारमा दुई मोडलका आइफोनहरु अक्टोबरको अन्त्यमा उपलब्ध हुनेछ भने आइफोन एक्स आर त्यसको केहि समयपछि मात्र उपलब्ध हुनेछ । सस्तो मोडलमा एलसिडी डिस्प्ले भएपनि आइफोन एक्स एसको जस्तै फीचरहरु रहेको हुँदा विश्वभर नै यो मोडलको निकै प्रतिक्षा गरिएको छ ।

नेपाली बजारमा आइफोनका दुई मोडलहरु अक्टोबरको अन्त्यमा उपलब्ध हुने भएपनि त्यसको मूल्य कति हुन्छ भन्ने जानकारी अझै बाहिर आएको छैन् । कम्पनीले यसको मूल्यको बारेमा केहि दिनमा निर्धारण गर्ने सो विषय सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

विश्व बजारमा एप्पल आइफोन एक्स एसको मूल्य ९९९ अमेरिकी डलरदेखि शुरु हुनेछ भने आइफोन एक्स एस म्याक्सको मूल्य १०९९ देखि शुरु हुन्छ । सस्तो मोडल भनेर चिनिने आइफोन एक्स आरको मूल्य ७४९ अमेरिकी डलरदेखि शुरु हुन्छ ।

प्रकाशित: २४ आश्विन २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार