‘डीपसिक’ हाल लोकप्रिय एआई मोडलहरुभन्दा भिन्न छ कि उस्तै?

Technology Khabar १७ माघ २०८१, बिहीबार

काठमाडौं ।

चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स एप डीपसिकको उदयले वित्तीय बजारलाई हल्लाएको बेलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अमेरिकी टेक्नोलोजी उद्योगको लागि “एक वेक–अप कल” भनेर वर्णन गरेका छन्।

उक्त आर१ आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) मोडेल आफ्नो प्रतिद्वन्द्वीहरूको आधा लागतमा बनाइएको भन्ने डीपसिकको दावीले सम्पूर्ण उद्योगको भविष्यमाथि प्रश्न खडा गरेको भन्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

अधिक स्थापित र स्पष्ट रूपमा धेरै महँगो ओपनएआईको च्याटजीपीटी र गुगलको जेमिनीजस्ता अमेरिकी प्रतिद्वन्द्वीहरूको तुलनामा डीपसिक के–कस्तो छ भन्ने जिज्ञासा व्याप्त भएको छ।

त्यसका लागि राइटिङ असिस्टेन्स (लेखन सहायता), कोडिङ, ब्रेनस्टर्मिङ र रिसर्च (अनुसन्धान) गरी चार क्षेत्रहरूमा ध्यान दिनु पर्ने उल्लेख गरिएको छ। साधारण टास्क (कार्यहरू) र रिक्वेस्ट (अनुरोध) हरूमा, डीपसिक निश्चित रूपमा आफ्नो अमेरिकी प्रतिस्पर्धीहरूसँग तुलनात्मक रुमा समान भएको उल्लेख गरिएको छ।

क्याम्ब्रिज विश्वविद्यालयको कम्प्युटर साइन्स एन्ड टेक्नोलोजी विभागमा मेसिन लर्निङका प्राध्यापक नील लरेन्सले यो त सुरुवात मात्र भएको बताए।

“मलाई लाग्छ कि यो केवल आइसवर्गको टुप्पो हो जुन हामीले यी मोडेलहरूमा आशा गर्न सक्ने प्रकारको नवीनता हो” भनि उनले बताएको टेलीग्राफले रिपोट गरेको छ।

प्रकाशित: १७ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया