Technology Khabar १५ माघ २०८१, मंगलवार
काठमाडौं ।
आउडिका यी नयाँ विद्युतीय अवधारणाका तस्बिरहरू एआई–जेनेरेटेड प्रोग्रामबाट आएको जस्तो लागे तापनि उक्त तस्बिरहरू वास्तविक भएको बताइएको छ।
आउडिले आफ्ना धेरै इलेक्ट्रिक एसयूभीहरु मध्ये एकमा आधारित भएर अफ–रोडर बनाएको उल्लेख छ। क्यू६ स्पोर्टब्याक ई–ट्रोन को रूपमा सुरु भएको यो अवधारणाले त्यसपछि पूर्ण मेकओभर प्राप्त गरेको बताइएको छ।
आउडि स्पोर्टको पर्फमेन्स डिभिजनले साझा गरेको तस्बिरहरूले भेनम पावर टेरा हन्टर एक्स-टी टायरहरूसँग क्यू६ स्पोर्टब्याक ई–ट्रोन देखाएको उल्लेख छ।
यद्यपि आउडिले भने नयाँ अफ–रोड भेहिकल (गाडी) नियमित क्यू६ ई–ट्रोन वा एसक्यू६ ई–ट्रोनमा आधारित रहेको भन्ने बारेमा घोषणा नगरेको बताइएको छ।
यस अवधारणाले ट्विन–मोटर सेटअपबाट ४८३ हर्सपावर उत्पादन गर्नेछ भने ४.३ सेकेन्डमा ० देखि ६० माइल प्रतिघण्टासम्म पुग्ने उल्लेख गरिएको छ।
त्यसैगरी यस अवधारणाको पूर्ण प्राविधिक विशिष्टताहरूसहित यसको थप कुराहरू चाँडै देख्न पाइने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १५ माघ २०८१, मंगलवार