Technology Khabar १३ माघ २०८१, आईतवार
काठमाडौं ।
नेपालको डिजिटल ठेगाना प्रणाली कताहोले वर्ल्ड समिट अवार्ड (डब्लूएसए) प्राप्त गरेको छ। नेपालमा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेका नेपाली अनुसन्धानकर्ता रामलक्ष्मणको टीमले Addressgraph Nepal Pvt. ltd. मार्फत तयार गरेको डिजिटल ठेगाना प्रणाली “कताहो” ले स्मार्ट सेटलमेन्ट्स एण्ड अर्बनाइजेशन विधामा छनौट भई पुरस्कार प्राप्त गरेको हो।
डब्लूएसएले संयुक्त राष्ट्र संघले अघि सारेका दीगो लक्ष प्राप्त गर्नका लागि नवप्रर्वतनको माध्यमबाट विकाश भएका उत्कृष्ठ प्रविधिहरुको चयन गरी हरेक बर्ष पुरस्कार दिने गर्दछ।
गत राति डब्लूएसए ले आधिकारिक वेभ साइटमा उक्त घोषणा गरेको हो। यस बर्ष सो पुरस्कार समारोह २०२५ अप्रिल ६ देखि ९ सम्म विशेष समारोहविच भारतको हैदरावादमा हुने डब्लूएसए ले जनाएको छ।
“कताहो” ठेगाना प्रणालीले नेपालभरको जुनसुकै स्थानको ठेगाना कोड तयार गरेको छ। अफलाइनमै ठेगाना कोड खोज्न सकिने “कताहो” प्रणालीमा ४०० वटा शब्द र अंकको संयोजन गरी ३ सेकेण्ड भित्र कुनै स्थानको कोड बोलिकै माध्यमबाट शेयर गर्न सकिन्छ। यो प्रणाली प्रयोग गरी हालसम्म १०,००० भन्दा बढिले ठेगाना पाटी तयार गरिसकेका छन्।
यो प्रणाली प्रयोग गरी सर्वसाधारणले निःशुल्क डिजिटल ठेगाना प्लेट तयार गर्न सक्दछन् । विभिन्न स्थानीय निकायहरुले यस प्रणालीमार्फत ठेगाना प्लेटका साथै विपत डब्लूएसएले संयुक्त राष्ट्र संघले अघि सारेका दीगो लक्ष प्राप्त गर्नका लागि नवप्रर्वतनको माध्यमबाट विकाश भएका उत्कृष्ठ प्रविधिहरुको चयन गरी हरेक वर्ष पुरस्कार दिने गर्दछ।
गत राति डब्लूएसएले आधिकारिक वेबसाइटमा उक्त घोषणा गरेको हो। यस वर्ष सो पुरस्कार समारोह २०२५ अप्रिल ६ देखि ९ सम्म विशेष समारोहबिच भारतको हैदरावादमा हुने डब्लूएसए ले जनाएको छ।
“कताहो” ठेगाना प्रणालीले नेपालभरको जुनसुकै स्थानको ठेगाना कोड तयार गरेको छ। अफलाइनमै ठेगाना कोड खोज्न सकिने “कताहो” प्रणालीमा ४०० वटा शब्द र अंकको संयोजन गरी ३ सेकेण्ड भित्र कुनै स्थानको कोड बोलिकै माध्यमबाट शेयर गर्न सकिन्छ।
यो प्रणाली प्रयोग गरी हालसम्म १०,००० भन्दा बढिले ठेगाना पाटी तयार गरिसकेका छन्। यो प्रणाली प्रयोग गरी सर्वसाधारणले निःशुल्क डिजिटल ठेगाना प्लेट तयार गर्न सक्दछन्।
विभिन्न स्थानीय निकायहरुले यस प्रणालीमार्फत ठेगाना प्लेटका साथै विपत व्यवस्थापनमा सूचना दिन सकिने एमर्जेन्सी रेस्पोन्स कन्सोल समेत जडान गर्दै आइरहेका छन्।
डब्लूएसएका अनुसार यस कताहो ठेगाना प्रणालीले संयुक्त राष्ट्रसंघका दीगो लक्ष प्राप्त गर्ने विभिन्न विधामध्ये ६ वटा लक्षको लागि यस प्रणालीले योगदान गर्न सक्ने भनी उल्लेख गरेको । नेपालबाट यसअघि सन् २०२२ मा नागरिक एपले Government and Citizen Engagement विधामा उक्त पुरस्कार प्राप्त गरेको थियो।
प्रकाशित: १३ माघ २०८१, आईतवार