६ महिनामा १३ अर्बमाथिको विद्युतीय चार पाङ्ग्रे सवारी साधन आयात

  • Technology Khabar | १२ माघ २०८१, शनिबार
६ महिनामा १३ अर्बमाथिको विद्युतीय चार पाङ्ग्रे सवारी साधन आयात

काठमाडौं ।

आर्थिक वर्ष २०८१/८१ को छैटौं महिना पौष मसान्तसम्म नेपालमा १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँ बराबरको विद्युतीय चारपाङ्ग्रे गाडी आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पौष मसान्तसम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

यस अवधिमा उक्त रकम बराबरको ५ हजार ४८० थान चारपाङ्रे विद्युतीय सवारी साधन आयात भएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी र दक्षिण कोरिया अमेरिका गरी विश्वका पाँच देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
चीन ५० किलोवाटसम्म ९५८ १८०५७२३
भारत ५० किलोवाटसम्म ७६७ १३१८६६८

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
चीन ५१-१०० किलोवाटसम्म २७०७ ६९७९४२४
भारत ५१-१०० किलोवाटसम्म ४८३ ९७९४९९
दक्षिण कोरिया ५१-१०० किलोवाटसम्म ४५८९

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
चीन १०१-२०० किलोवाटसम्म ५३१ १८१२३६६
जर्मनी १०१-२०० किलोवाटसम्म १७ ११५७८३
द. कोरिया १०१-२०० किलोवाटसम्म ७९७९
अमेरिका १०१-२०० किलोवाटसम्म १६६०८

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
चीन २०१-३०० किलोवाटसम्म ४५०४३
जर्मनी २०१-३०० किलोवाटसम्म १७०६८

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
चीन ३०० किलोवाटभन्दा माथि ८३२३

 

प्रकाशित: १२ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×