Technology Khabar १२ माघ २०८१, शनिबार
काठमाडौं ।
भारतीय टू ह्विलर कम्पनी ओला इलेक्ट्रिकले रोडस्टर इलेक्ट्रिक मोटरसाइकलको उत्पादन सुरु गरेको छ। गत वर्ष कम्पनीले यस इलेक्ट्रिक मोटरसाइकलको तीन भेरियन्टहरू अनावरण गरेको थियो। यसका साथै, ओला इलेक्ट्रिकले दुई आगामी मोटरसाइकलहरू-एरोहेड र स्पोर्टस्टरको पनि घोषणा गरेको छ।
कम्पनीका सीईओ भाविश अग्रवालले कारखानामा रोडस्टरको निर्माणको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। भारतमा, यो इलेक्ट्रिक मोटरसाइकलको बुकिङ भइरहेको छ। यसको सुरुवाती मूल्य भारु ७४ हजार ९९९ रुपैयाँ तोकिएको छ।
यस इलेक्ट्रिक मोटरसाइकलमा एलईडी प्रोजेक्टर हेडल्याम्प, टीएफटी टचस्क्रिन डिस्प्ले, अटो हिल-होल्ड असिस्टेन्स, क्रुट्रिम भ्वाइस असिस्टेन्स, पार्किङ असिस्ट र ग्रुप नेभिगेसन जस्ता सुविधाहरू प्रदान गरिएको छ।
रोडस्टर एक्सको २.५ किलोवाट आवर ब्याट्री प्याकको मूल्य ७४,९९९ भारतीय रुपैयाँ छ। यो लगभग २.८ सेकेन्डमा शुन्य देखि४० किमी/घण्टाको गतिमा पुग्न सक्छ। यसको अधिकतम गति लगभग १२४ किमी/घण्टा छ।
यस बाहेक कम्पनीले रोडस्टर प्रोको पनि घोषणा गरेको छ।
प्रकाशित: १२ माघ २०८१, शनिबार