सन् २०२४ मा भारतीय स्मार्टफोन बजार सामान्य वृद्धि: क्यानालिस

Technology Khabar ९ माघ २०८१, बुधबार

काठमाडौं ।

सन् २०२४ मा भारतीय स्मार्टफोन बजार ५ प्रतिशतले वृद्धि भाएको र कुल १५५.९ मिलियन ढुवानी गरेको छ। क्यानालिसको पछिल्लो रिपोर्ट अनुसार, ढुवानीको सन्दर्भमा २९.५ मिलियन इकाइ र १९ प्रतिशत बजार हिस्साका साथ भिभो सन् २०२४ को लागि भारतको अग्रणी स्मार्टफोन ब्रान्ड बनेको छ।

शाओमी (पोको सहित) अनुमानित २६.६ मिलियन ढुवानी र १७ प्रतिशत बजार हिस्साको साथ दोस्रो स्थानमा रह्यो भने सामसङ २५.७ मिलियन ढुवानी र १६ प्रतिशत बजार हिस्साको साथ तेस्रो स्थानमा आएको छ।

ओप्पो (वानप्लस सहित) ले १८.३ मिलियन ढुवानी र १२ प्रतिशत बजार हिस्सा हासिल गरेको छ भने रियलमीले १६.६ मिलियन ढुवानी र ११ प्रतिशत बजार हिस्साको साथ शीर्ष पाँच भित्रको ब्रान्डहरूको रुपमा रहन सफल भएको छ।

क्यानालिस विश्लेषकहरूले महामारी र फाइभजी अपग्रेडहरूको रिफ्रेस साइकलले ठूलो मात्रामा उपभोक्ताहरूलाई आफ्ना डिभाइसहरू अपग्रेड गर्न प्रेरित गरेको बताएका छन्। ब्रान्डहरूले चाडपर्वको सिजनमा स्टकको थुप्रोको सामना गर्नुपरेको र जसले गर्दा वर्षको अन्त्यतिर भारी छुटहरू दिएको उल्लेख गरिएको छ।

त्यसैगरी प्रतिवेदनले सन् २०२४ को चौथो त्रैमासको लागि कुल ढुवानी प्रवृतिहरूको पनि रेखांकित गरेको छ र जसले अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतको सामान्य वार्षिक गिरावट देखाएको छ।

साथै ढुवानी र बजार हिस्साको आधारमा एप्पल बाहेक शीर्ष चार ब्रान्डहरूको अर्डर वार्षिक आधारमा समान रहेको बताइएको छ। एप्पल पाँचौं स्थानमा उक्लिएको बताइएको छ।

एप्पलले चौथो त्रैमासमा ४ मिलियन ढुवानी गरेको र ११ प्रतिशत बजार हिस्साको साथ ओप्पोको बराबरीमा रहन सफल भएको उल्लेख छ। एप्पलले चाडपर्वको सिजन र आईफोन रिलिजहरूमा प्रमोशन र छुटहरूको साथ ३९ प्रतिशत वार्षिक वृद्धि अनुभव गरेको उल्लेख छ।

त्यसैगरी क्यानालिसले सयदेखि दुई सय अमेरिकी डलर दायराको डिभाइसहरूको लागि बलियो मागका साथै सब–१००अमेरिकी डलर दायरा र प्रिमियम खण्डहरूमा कम चासोको साथ सन् २०२५ मा एकल–अङ्कको वृद्धिको भविष्यवाणी गरेको जीएसएमएरिनाले उल्लेख गरिएको छ।

प्रकाशित: ९ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया