Technology Khabar ८ माघ २०८१, मंगलवार
काठमाडौं ।
चीनले आइतबार तीनवटा इग्निशन परीक्षण सफलतापूर्वक सम्पन्न गरेको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) ले जनाएको छ। सामान्य भाषामा इग्निशन परीक्षण भनेको कुनै पदार्थलाई विशेष तापक्रममा तताउनु हो।
अन्तरिक्षमा इग्निशन परीक्षण भनेको रकेट इन्जिन अन्तरिक्ष अवस्थामा सजिलैसँग सुरु र सञ्चालन गर्न सकिन्छ कि भनेर जाँच गर्न प्रयोग गरिने प्रक्रिया हो। मुलुकले एकै दिन तीनवटा इग्निसन परीक्षण गरेको यो पहिलो पटक हो।
उत्तरपश्चिम चीनको शान्सी प्रान्तको राजधानी सियानको बाओलोङयु क्षेत्रमा रहेको एकेडेमी अफ एयरोस्पेस प्रोपल्सन टेक्नोलोजी सीएएससीको सहायक कम्पनीले परीक्षणहरू गरेको हो।
परीक्षणहरूमा दुई १२०–टन तरल अक्सिजन–केरोसिन रकेट इन्जिन र एउटा १८–टन तरल अक्सिजन–केरोसिन रकेट इन्जिन समावेश थियो। संस्थानले देशको परीक्षण र प्रमाणिकरण क्षमताहरूमा ठूलो प्रगति भएको बताएको छ, जसले भविष्यमा थप प्रक्षेपण मिशनहरूको लागि बलियो समर्थन प्रदान गर्नेछ।-रासस/सिन्ह्वा
प्रकाशित: ८ माघ २०८१, मंगलवार