Technology Khabar ५ माघ २०८१, शनिबार
काठमाडौं ।
चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी भूउपग्रह अन्तरिक्षमा पठाएको छ।
पीआरएससी–इ०१ नामको स्याटेलाइट दिउँसो १२:०७ मा प्रक्षेपण गरिएको थियो। उक्त स्याटेलाइट लङ मार्च–२डी वाहक रकेटद्वारा आफ्नो कक्षमा सफलतापूर्वक प्रवेश गर्यो।
रकेटले दुई अन्य भूउपग्रहहरू टियानलु–१ र लान्टान–१ पनि बोकेको थियो। यो प्रक्षेपण लङ्ग मार्च क्यारियर रकेट श्रृङ्खला समावेश भएको ५५६ औं उडान मिसन हो।-रासस/सिन्ह्वा
प्रकाशित: ५ माघ २०८१, शनिबार