
काठमाडौं ।
काठमाडौं । स्मार्ट टेलिकमले काठमाडौंस्थित न्युरोडको पाकोमा नयाँ स्मार्ट सेन्टर स्थापना गरेको छ । कम्पनीले ग्राहकहरुको लागि सहज सुविधा प्रदान गर्ने उद्देश्यसहित सोमबारबाट सो सेन्टर संचालनमा ल्याएको हो ।
कम्पनीकाअनुसार नयाँ सेन्टरबाट सेवाग्राहिहरुले स्मार्टका सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्नेछन । यस्तै सेन्टरबाट कम्पनीको सेवा तथा उत्पादनहरुको विस्तृत जानकारी पनि सहजै प्रदान गर्न सकिने बताईएको छ ।
न्यूरोडमा खुलेको नयाँ सेन्टरको उद्घाटन कम्पनीका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले गरे।
टेलिकमले हालै “डबल योर ह्याप्पिनेस” योजना प्रस्तुत गरेको छ। योजनाअन्तर्गत ९९ रुपैयाँमा स्मार्टको सिम खरिदगर्दा एउटा सिमकार्ड निःशुल्क दिईने छ। दुबै सिममा १ जिबी डाटा रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: १७ आश्विन २०७५, बुधबार