चीनद्वारा ‘छोटो दायराको हवाई रक्षा प्रणाली’ जडित रोबोटिक डग परिचालन

Technology Khabar ५ माघ २०८१, शनिबार

काठमाडौं ।

चिनियाँ इन्जिनियरहरूले कुकुर डिजाइनको रोबवट अर्थात् ‘रोबोटिक डग’मा आधारित सानो आकारको स्वचालित अति छोटो दायराको हवाई रक्षा प्रणाली डिजाइन गरेका छन्। यो प्रणालीमा एम४० सीकरसहितको चारवटा लन्चर जडित छ।

चिनियाँ र रुसी सामाजिक सञ्जालमा यस प्रणालीको तस्वीर र भिडियो सार्वजनिक भएका छन्। यो सर्फेस टु एयर मिसाइल (एसएएम) ले एफभीपी ड्रोन र साना यूएभी अल्ट्रा एयर भेइकललाई २०० किमि/घण्टाको गतिमा ८०० देखि १२०० मिटरको दूरी र उचाइमा अवरोध गर्न सक्छ।

यस मिसाइल प्रणालीलाई टिभी/आईआर होमिङ हेडसहित जडान गर्न सकिने डिफेन्समिरर डटकमले उल्लेख गरेको छ। युद्ध मोडलाई रिमोट कमाण्ड र टेलिमेट्री च्यानलमार्फत नियन्त्रण गरिन्छ।

डिफेन्समिररका अनुसार यस्ता प्रणालीको ठूलो संख्याले सैन्य कारबाहीमा दर्जनौं हमला समूहलाई सुरक्षा दिन सक्छ। यसले २४ घण्टाभित्र रुसी इन्धन र ग्यास सुविधामा आक्रमण गर्ने ड्रोनको झुण्डजस्ता यूएभी बाट सुरक्षा प्रदान गर्न सक्छ।

प्रकाशित: ५ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया