भारतमा टेलिकम कम्पनीहरुले कल ड्रप भएमा जरिवाना तिर्नुपर्ने, नियमनकारी संस्थाको कडा नियम

  • Technology Khabar | १५ आश्विन २०७५, सोमबार
भारतमा टेलिकम कम्पनीहरुले कल ड्रप भएमा जरिवाना तिर्नुपर्ने, नियमनकारी संस्थाको कडा नियम

काठमाडौं ।

काठमाडौं । दूरसंचार कम्पनीहरुको कल ड्रपको विषयमा भारतमा नयाँ नियम लागू गरिएको छ । टेलिकम कम्पनीहरुले कल ड्रप भएमा अब जरिवाना तिर्नुपर्ने भएको छ ।

छिमेकी मुलुक भारतमा दूरसंचार क्षेत्रको नियमनकारी निकाय टेलिकम रेगुलेटरी अफ इण्डिया (ट्राई)ले कल ड्रप भएमा कम्पनीहरुले जरिवाना तिर्नुपर्ने नियम लागू गरेको हो । सो नियम अक्टोबर १ तारिख सोमबारदेखि लागू भएको हो ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले नै कल ड्रपको समस्या भोगेको समाचारहरु बाहिर आएका थिए । कल ड्रपको विषयमा भारतीय प्रधानमन्त्रीले नै गूनासो गरेपछि भारतीय दूरसंचार विभागले अक्टोबर पहिलो साताको लागि टेलिकम कम्पनीहरुको बैठक आव्हान गरेको छ ।

उता ट्राईले भने अब कुरा गर्दा गर्दै नेटवर्क हराउनेलाई मात्र कल ड्रप नमानिने स्पष्ट पारेको छ । अर्थात कुराकानीको अवधिमा आवाज नसुनिने हुुनु, आवज अड्किने वा नेटवर्क कमजोर हुने जस्ता समस्याहरुलाई पनि यसमा समावेश गरेको छ ।

अक्टोबर १ तारिखदेखि लागू भएको नयाँ नियमअनुसार अब हरेक मोबाइल टावरसँग जोडिएको नेटवर्कको हरेक दिनको सर्भिसको मिलान हुनेछ । यसका साथै कल ड्रप भएमा ५ लाख भारु जरिवाना हुनेछ । जबकि हरेक महिना २ प्रतिशतभन्दा कम मात्रै कल ड्रप प्रविधिको दायरामा आउने छ र बाँकीको आधारमा भारतीय टेलिकम कम्पनीहरुले जरिवाना बुझाउनुपर्नेछ ।

कल ड्रपको बारेमा टेलिकम कम्पनीहरुले भने छुट्टै विचार राखेका छन् । उनीहरुका अनुसार कल ड्रपको सबैभन्दा अधिक समस्या डेटा प्रयोगको कारण हुने गरेको छ । र यस्तो हुुनुमा कम्पनीहरुले टावरमा आफ्नो एन्टिना लगाएका छन जसले गर्दा नेटवर्कमा समस्या आउँछ । तथा यो यस कारणले भईरहेको छ की डेटाको खपत अब मानिसहरुबीच अत्यधिक भईरहेको छ ।

यसैगरि फ्री कलको प्रयोग आजभोली निकै हुन लागेको छ, जसले मानिसहरुलाई डेटाको माध्यमबाट प्रयोग गर्ने गर्दछन् । जबकि मोबाइल टावरको संख्या हेर्ने हो भने त्यो भन्दा निकै कम छ, जसमा २ जीबी, ३जी छ र कम्पनीहरुले अब ४जीमा अपग्रेड गरिरहेका छन् ।

आगामी ५ वर्षमा १२० प्रतिशत बिस्तारको संभावना औल्याईएको छ । यस्तोमा कम्पनीहरुले भ्वाइस सर्भिसभन्दा अधिक डेटासँग सम्बन्धित पूर्वाधार सुधार्नमा जोड दिनेछन् ।

एजेन्सी

प्रकाशित: १५ आश्विन २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...