एनसेलले २२ अर्ब ६० करोड रुपैयाँ ऋणका लागि गरायो क्रेडिट रेटिङ, इक्राबाट पायो ‘ए’ रेटिङ

Technology Khabar २ माघ २०८१, बुधबार

एनसेलले २२ अर्ब ६० करोड रुपैयाँ ऋणका लागि गरायो क्रेडिट रेटिङ, इक्राबाट पायो ‘ए’ रेटिङ
लैनचौरमा रहेको एनसेल आजियाटा लिमिटेडको कर्पोरेट भवन । फाइल तस्बिर

काठमाडौं ।

निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालबाट दीर्घकालीन ऋणका लागि ईक्राएनपी एल ए (ICRANP LA) र अल्पकालीन ऋणका लागि ईक्राएनपी ए १ (ICRANP A1) रेटिङ प्राप्त गरेको छ।

इक्राले गत डिसेम्बर ३१ मा यो रेटिङ सार्वजनिक गरेको हो, जसमा एनसेल आजियाटाले कम्पनीका लागि दीर्घकालीन रुपमा १० अर्ब ६० करोड रुपैयाँ तथा अल्पकालीन रुपमा १२ अर्ब रुपैयाँ ऋण लिनका लागि रेटिङ्ग गराएको छ।

यसअघि गत वर्ष कम्पनीले २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ ऋण लिन सक्नेगरी रेटिङ पाएको थियो। यस वर्ष भने कम्पनीले न्यून ऋण लिने देखाएको छ।

अल्पकालीन १२ अर्बमध्ये ४ अर्ब कोषमा आधारित सीमायुक्त अर्थात् कार्यगत पुँजी ऋण तथा बाँकी ८ अर्ब गैर कोषमा आधारित सीमायुक्त अर्थात् प्रतीतपत्रका लागि छुट्याइएको छ।

इक्राका अनुसार कम्पनीको रेटिङ पुनः पुष्टि गर्नुको मुख्य कारण यसको बलियो वित्तीय प्रोफाइल हो, जसले २०२४ को मध्य-जुलाईसम्ममा ०.७ गुणा कम गियरिङ र कुल ऋणदेखि करलगायतका दायित्व कट्टा हुनुअघिको सञ्चालन मुनाफा (ओपीबीआईटीडीए) ०.७ गुणा रहनु हो।

विवरण अनुसार एनसेल आजियाटाको सञ्चालन मुनाफा आर्थिक वर्ष सन् २०२४ मा ५४ प्रतिशत रहेको थियो। तर सन् २०२४ को पहिलो त्रैमासमा सिजनल खर्चका कारण यो ४८ प्रतिशतमा झरेको थियो तर आगामी त्रैमासिकमा केही सुधार हुने अपेक्षा गरिएको छ।

यद्यपि, वित्तीय वर्ष २०२३ को पहिलो त्रैमासिकमा कम्पनीको राजस्व बजार हिस्सा ५३ प्रतिशत रहेको देखिएको छ जुन सन् २०२० को आधारमा ६१ प्रतिशत रहेको थियो। निरन्तर गिरावट र प्रति प्रयोगकर्ता औसत राजस्व (आर्पू) मेट्रिक्समा वर्षौंदेखि प्रतिस्पर्धा प्रेरित गिरावटका कारण मूल्याङ्कन सीमित रहेको इक्राले उल्लेख गरेको छ। आर्पू स्तरहरू सुधार गर्न हालै उपायहरू लागू गरिएको छ र त्यसैले ओपीएम, लामो अवधिमा यसको प्रभाव देख्न बाँकी छ। इक्रा नेपालले कम्पनीको ठूलो आकस्मिक दायित्वहरू (जुलाई २०२४ को मध्यसम्म ८६ अर्ब रुपैयाँ, जसमध्ये ६८ प्रतिशत विगतमा स्वामित्व परिवर्तनसँग सम्बन्धित कर दावीहरू थिए) लाई पनि ध्यानमा राख्छ।

कम ऋणस्तर र स्थिर मार्जिनले आर्थिक वर्ष २०२४ मा ३.५ गुणा डीएससीआर कायम राख्न सहयोग पुर्याएको विवरणमा उल्लेख छ। यसैगरी तरलताका हिसाबले कम्पनीसँग अक्टोबर २०२४ सम्म १,९३५ मिलियन रुपैयाँ बराबर प्रयोग नगरिएको कोष उपलब्ध भएको देखिएको छ भने पूँजीगत खर्चमा ऋणदाताबाट मिल्ने दीर्घकालीन समर्थनले पनि सकारात्मक प्रभाव पारेको उल्लेख छ।

यसबाहेक कम्पनीमा रहेका अनुभवी निर्देशक तथा बोर्ड व्यवस्थापकलाई पनि सकारात्मक रुपमा हेरिएको छ। अनुभवी बोर्ड सदस्यहरू र व्यवस्थापन टोलीले कम्पनीको वित्तीय र सञ्चालन प्रोफाइललाई स्थिर राख्न सहयोग गरेको इक्राले जनाएको छ।

नयाँ प्रतिस्पर्धीहरूको प्रवेशमा उच्च अवरोधका बीच सञ्चालन भएर नेपालको जनसांख्यिकीय अवस्था अनुसार उपयोगकर्ता आधार पहिले नै तृप्त भएको अवस्थामा समेत यस प्रकारको सकारात्मक प्रोफाइल कायम राख्न सक्नु रेटिङ पुन: पुष्टि वा निरन्तरताको अर्को बलियो आधार हो।

यस्ता छन् कम्पनीका मुख्य आर्थिक/वित्तीय सूचक:

क्र सविवरणआर्थिक वर्ष २०२२आर्थिक वर्ष २०२३आर्थिक वर्ष २०२४आर्थिक वर्ष २०२५ को पहिलो त्रैमास प्रस्तावित
सञ्चालन मुनाफा (मिलियनमा)३७, ७२५३७, ४४२३४, ०६८८, ३०४
ओपीबीआईटीडीए/ओआई (%)५५५३५४४८
कुल ऋण/ ट्याञ्जिबल नेट वर्थ (पटक()१.१०.९०.७०.६
कुल बाह्य दायित्व/ ट्याञ्जिबल नेट वर्थ (पटक)३.४३.२३.०३.५
कुल ऋण ओपी बीआईटीडीए/ (पटक()१.००.८०.७०.७
ब्याज पुँजी (पटक)९.०८.१११.३१२.७
 ब्याज पुँजी अनुपात %३.७३.२३.५३.२
खुद सञ्चालन पुँजी/सञ्चालन आम्दानी %-४५-३६-१६-४४
हालको अनुपात०.६८०.६५०.८६०.५८

 

प्रकाशित: २ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया