Technology Khabar १ माघ २०८१, मंगलवार
काठमाडौं ।
चीनले इलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट कन्स्टलेसनमा कडा आपत्ति व्यक्त गरेको छ। स्टारलिङ्कसँग स्टिल्थ जेटहरू ट्र्याक गर्ने क्षमता रहेको हुनाले गोप्यताको विपरीत गएको आरोप लगाएको छ।
बेइजिङ इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले स्टारलिङ्क स्याटेलाइटमा स्टिल्थ विमान पत्ता लगाउने क्षमता रहेको बताएका छन् जसले विश्वव्यापी हवाई रक्षा गतिशीलतालाई सम्भावित रूपमा बाधा पुर्याउने भारतीय मिडिया इन्डिया डट कमले उल्लेख गरेको छ।
सिग्नल डिस्र्प्शनः स्टिल्थ विमानहरूले स्याटेलाइट सञ्चारमा सूक्ष्म अवरोधहरू उत्पन्न गर्छन्, जसलाई फ्रेस्नेल जोन डिसरप्शन (अवरोधहरू) भनिन्छ भने जुन उन्नत विश्लेषण मार्फत पत्ता लगाउन सकिन्छ।
ड्रोन सिमुलेशनः अनुसन्धानकर्ताहरूले स्टिल्थ सिमुलेट गर्न डीजेआई फ्यान्टम ४ प्रो प्रयोग गरेर स्टारलिङ्कको डेन्स स्याटेलाइट मार्फत पत्ता लगाउने सम्भाव्यता पुष्टि गरे।
प्यासिभ डिटेक्शनः प्रस्तावित विधिले परम्परागत राडार उत्सर्जनमा भर नपरिकन स्टिल्थ विमान पत्ता लगाउन स्टारलिङ्कको अवस्थित संकेतहरू प्रयोग गर्दछ। मूल रूपमा इन्टरनेट कनेक्टिभिटीको लागि डिजाइन गरिएको स्टारलिङ्कको स्याटेलाइट नेटवर्कले आफ्नो नागरिक उद्देश्यभन्दा धेरै टाढाका एप्लिकेसनहरू प्रदान गर्दछ।
ग्लोबल कभरेजः स्टारलिङ्कको बाक्लो उपस्थितिले जमिनमा आधारित राडारहरू पार गर्दै दुर्गम वा समुद्री क्षेत्रहरूमा पनि रियल–टाइम पत्ता लगाउने क्षमताहरू प्रदान गर्दछ।
मिलिटरी शिफ्टः यो सफल भएको खण्डमा यस विधिले विश्वव्यापी स्तरमा सैन्य रणनीतिहरूलाई पुनः आकार दिँदै, स्टिल्थ टेक्नोलोजीमा अमेरिकी प्रभुत्वलाई चुनौती दिन सक्नेछ।
प्राविधिक बाधाहरू: चुनौतीहरूमा वेदर इन्टरफेस, सिग्नल नोइज, र हजारौं स्याटेलाइटहरूमा रियल–टाइम एनोम्याली डिटेक्सनको लागि कम्प्युटेशनल आवश्यक समावेश रहेका छन्।
इथिकल डिलेमाः (नैतिक दुविधा) स्टारलिङ्कको नेटवर्कको दोहोरो–प्रयोग प्रकृतिले नागरिक प्रविधिहरूको सैन्यकरण र निजी संस्थाहरूको जवाफदेहीताको बारेमा चिन्ता बढाउँछ।
प्रकाशित: १ माघ २०८१, मंगलवार