Technology Khabar २९ पुष २०८१, सोमबार
काठमाडौं ।
मिङ–ची कुओले भर्खरै सन् २०२४ को डिसेम्बरमा एप्पलको नयाँ बजार रिपोर्ट जारी गरेका छन्। उक्त रिपोर्टले चीनमा वर्ष–दर–वर्ष बिक्रीमा तीव्र गिरावट आएको देखाएको छ। सन् २०२३ को डिसेम्बरको तुलनामा चीनमा एप्पलको आईफोन बिक्री १०–१२ प्रतिशतले घटेको छ।
गिरावटको मुख्य कारण नवीनताको कमी भएको कुओको विश्वास रहेको छ। पछिल्लो पुस्ताको तुलनामा सानो सुधारको कारणले गर्दा आईफोन १६ सिरिजले चीनमा राम्रो प्रभाव पार्न नसकेको उल्लेख छ।
एप्पलको गिरावट देशमा पर्याप्त स्थिर बजार अवस्थाको बीचमा आएको थप उल्लेख गरिएको छ। चीनमा डिसेम्बर महिनमाभर समग्र स्मार्टफोन बिक्री स्थिर रहेको उल्लेख गरिएको छ।
मिङ–ची कुओले सन् २०२५ को पूर्वार्द्धमा एप्पलले अझ बढी बिक्री गुमाउने विश्वास व्यक्त गरेका छन्। सामान्यतया एसई लाइनअपले सीमित प्रभाव पर्ने कारणले गर्दा आगामी आईफोन एसई४ को लन्च कमजोर बिक्री कार्यसम्पादनलाई सुधार गर्न पर्याप्त नहुने उल्लेख गरिएको छ।
त्यसैगरी कुओ आईफोन १७ लाइनअपको बारेमा पनि धेरै आशावादी नभएको उल्लेख गरिएको छ। नयाँ आईफोन १७ सिरिज अब कुनै भौतिक सिम समर्थन बिना ईसिममा मात्र भर पर्ने सुझाव दिने अफवाहहरूका साथ मिङ–ची कुओले चिनियाँ बजारले राम्रो प्रतिक्रिया नदिने विश्वास व्यक्त गरेका छन्।
देशका सबै वाहकहरूले ईसिम समर्थन प्रदान नगर्ने भएकाले यो केही प्रयोगकर्ताहरूको लागि चुनौती हुने उल्लेख गरिएको छ।
कुओको भविष्यवाणीले सन् २०२५ मा विश्वव्यापी रूपमा २२५ मिलियन आईफोन बिक्री हुने देखिएको बताएका छन् जुन सन् २०२४ को २२० मिलियन ढुवानीमा थोरै वृद्धि भए तापनि अपेक्षित २०४ मिलियन एकाइहरू भन्दा कम हो भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २९ पुष २०८१, सोमबार