सामसङको नयाँ अवधारणा: डिभाइसहरू भाडामा लिन सकिने

  • Technology Khabar | २९ पुष २०८१, सोमबार
सामसङको नयाँ अवधारणा: डिभाइसहरू भाडामा लिन सकिने

काठमाडौं ।

सामसङले गत महिना दक्षिण कोरियामा एआई सब्सक्रिप्शन क्लब सर्भिस (सेवा) सुरु गरेको थियो। अर्को महिनादेखि, प्रयोगकर्ताहरूले कम्पनीको एआई सब्सक्रिप्शन क्लब सर्भिस (सेवा) प्रयोग गरेर सामसङ डिभाइसहरू भाडामा लिन सक्षम हुने भएका छन्।

यो विकल्पले प्रयोगकर्ताहरूलाई कम्पनीको होम अप्लाइन्सेस खरिद नगरीकन सब्सक्राइब (सदस्यता) लिन वा भाडामा लिन अनुमति दिनेछ। त्यसका साथै निकट भविष्यमा सामसङका फोन र ट्याब्लेटका लागि पनि यही सर्भिस (सेवा) उपलब्ध हुने उल्लेख गरिएको छ।

आगामी फेब्रुअरीदेखि, एआई सब्सक्रिप्शन क्लब सर्भिस (सेवा) सामसङ ग्यालेक्सी फोन र ट्याब्लेटहरूका लागि उपलब्ध हुनेछ जसमा कृत्रिम बुद्धिमता–संचालित सुविधाहरू रहनेछन्।

सामसङले आफ्नो ग्यालेक्सी डिभाइसहरूको सर्भिस प्लान (सदस्यता योजना) भने घोषणा गरेको छैन। यद्यपि सामसङ डिभाइसहरू पूर्ण मूल्यमा खरिद गर्नु अघि डिभाइसहरूलाई ट्राई (परिक्षण) गर्न चाहनेका लागि यो सेवा उपयोगी हुन सक्ने टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २९ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...